छतबाट खसालेर आफ्नै साथीको हत्या
पर्वत/ पर्वतको पैयुँ गाउँपालिका घर निर्माणमा संलग्न मज्दुरले छतबाट खसालेर साथीको हत्या गरेका छन ।
रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं ६ घर भै घर भएका ४२ बर्षिय भिमबहादुर सुनारले भारतको बिहार राज्य पश्चिम चम्परा घर भएका सन्तोष साहको हत्या गरेका हुन ।
सुनारले सामान्य बिबादका क्रममा शनिबार राती ९ बजेको समयमा छतबाट खसालेपछि साह घाइते भएका थिए । घाइते साहको स्याङ्गजाको वालिङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा राती १२.३५ बजेको समयमा मृत्यु भएको थिए । अभियुक्त सुनार र मृतक साहले पैञ्यु गाउँपालिका वडा नं ४ मा यामबहादुर हिताङ्गको निर्माणाधिन घरमा रंगरोगनको काम गर्दै आएका थिए ।
अभियुक्त सुनारलाई इलाका प्रहरी कार्यालय हुवासबाट गएको प्रहरी टोलीले पक्राउ गरेको थियो । सुनारका बिरुद्ध कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।