पर्वतको देउरालीमा बीस बर्षिय युवकबाट अठहत्तर बर्षिया अपांग बृद्धा बलात्कृत

पर्वत /मुख नबोल्ने ७८ बर्षिया अपांग बृद्धा एक २० बर्षे लक्का जवानबाट बलात्कृत भएकी छन ।
पर्वतको मोदी गाउँपालिका वडा नं ३ देउराली गाउँमा घरमा ७८ बर्षिया बृद्धालाई बलात्कार गरेको आरोपमा २० बर्षिय शंकर परियार पक्राउ परेका हुन ।

मोदी गाउँपालिका १ भूक, साबिक भूक गाबिस वडा नं २ घर भई देउरालीमा बस्दै आएका परियारले आफ्नो कोठामा बोलाएर बुधबार दिउँसो ४ बजे बृद्धलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । घरमा बसेकी अपांग बृद्धलाई आफ्नो कोठमा बोलाएर बलात्कार गरेका थिए । रक्सी सेवन गरेका परियारले कोठामा बोलाएर बलात्कार गरेपछि पिडीतले आफ्नी बुहारीलाई बताएकी थिइन । बुहारी घाँस काट्न गएको र फर्केपछि पिडीतले बताएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अभियुक्त परियारलाई बिहीबार नै पक्राउ गरि पर्वत जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । बलात्कार अभियोगमा पक्राउ परेका परियारले आफुँले मदिराको नशाँमा रहेको समयमा बलात्कार गरेको प्रहरी संग स्विकार गरेका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’