करोडौं ठगीको आरोपमा राप्रपाका नेता पुष्पराज पौडेल पक्राउ

कलाकार तथा नेता पुष्पराज पुरुष भनिने पुष्पराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पौडेललाई पक्राउ गरेको हो। अर्काको जग्गाको किर्ते कागज बनाई ८ करोडभन्दा बढी रकम ठगी गरेको उजुरीको आधारमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

राप्रपाका केन्द्रीय सदस्य एवं धार्मिक संगठन नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्षसमेत रहेका पौडेलसहित सुनसरीको धरान-९ घर भइ काठमाडौं-१० मा बस्दै आएका ५९ वषर्ीय गोकुल श्रेष्ठलाई पनि काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।

अर्काको नाममा भएको जग्गालाई नक्कली लालपुर्जा देखाएर कीर्ते कागजात खडा गरी उनीहरुले ८ करोड ३७ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुवैलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर ठगी मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको पोखरेलले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’