तानाशाही होइन अब रेलचाहिँ आउँछ : केपी ओली

फाइल तस्बीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका केही नेताले मुलुकमा तानाशाहीतन्त्र आउन नसक्ने भन्दै कांग्रेसलाई ढुक्क रहन आग्रह गरेका छन् ।

मंगलबार लोकतन्त्र दिवसको अवसरमा काठमाडौँ महानगरपालिका–३२ मा बनेको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गर्दै उनले अधिनायकवाद होइन रेलचाहिँ आउने बताए ।

“काठमाडौँ–वीरगञ्ज–रक्सौल रेल चल्ने कुरा के चलेको थियो, केहीकेही आत्तिए,” उनले भने, “म साथीहरूलाई ढुक्क रहन आग्रह गर्छु । अधिनायकवाद होइन काठमाडौँमा मेट्रो रेल दुईवर्षभित्रै गुड्छ ।”

त्यस्तै उनले निजगढ–काठमाडौँ द्रूत मार्ग, निजगढ विमानस्थल, भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि छिट्टै बन्ने आश्वस्त पार्दै विकासको तानाशाही आउने जिकिर गरे ।

‘वागमतीको पानी पिउनयोग्य बनाउँछु’

प्रत्येक हप्ता शृंखलावद्ध वागमती सफाइ अभियान चलेता पनि वागमती कहिल्यै सफा नभएको बताउँदै सरकारले नै त्यसको अगुवाइ गर्ने बताए । “वागमतीको पानी आचमनी योग्य बनाउँछु,” उनले भने । अहिलेका युवासँग शिक्षा भए पनि सीप नभएको बताउँदै २५ वर्षभित्र रोजिरोटीका लागि कुनै पनि युवा बाहिर जानुनपर्ने बताए ।

त्यस्तै उनले सिरहाजस्तो सुगम ठाउँमा ६१ प्रतिशत निरक्षर रहेको भन्दै विद्यार्थी भर्ना अभियानलाई अझै प्रभावकारी बनाउने जिकिर गरे । त्यस्तै यसवर्षको अभियानले समतामूलक शिक्षामा जोड दिएको बताए ।

“सर्लाहीका मल्लिकको परिवारको बच्चाको अभिभावकत्व ग्रहण गरेँ । ती बच्चालाई उठाएर काखमा के लिएको थिएँ, डोमको बच्चा लियो भनेर मञ्च तल बसेका सबै अचम्मित भए, हाम्रो समाज यहाँ छ,” उनले भने । उनले १४ गतेपछि पनि छुटेका विद्यार्थी विद्यालय पठाउन अभियान जारी राख्ने बताउँदै कोही पनि बच्चा विद्यालय बाहिर रहन नदिने प्रतिवद्धता दोहोर्याए ।

कार्यक्रममा उनले मदन भण्डारी साझा चिन्तक र नेता भएकाले उनको नाममा विवाद गर्न नहुने जिकिर गरे । उमेरमा आफूभन्दा कान्छो भए पनि ४० कै उमेरमा देश दुनियाँ हल्लाएको भन्दै गुणको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

सोही कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौंका खाल्डा नपुरिएको भन्दै सरकार र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। १५ वैशाखसम्म खाल्डा पुरिसक्ने प्रतिवद्धता व्यक्त गरेको भए पनि नपुरिएको भन्दै उनले यसले आफ्नो टाउको दुखेको बताए ।

काठमाडौं महानगरपालिका– ३२ मा निर्माण भएको मदन भण्डारी स्मृति वाटिका उद्घाटनमा उनले भने, “टाउको दुखाउन अन्त जानुपर्दैन, काठमाडौंका खाल्डा हेरे पुग्छ।” उनले सचिवले टेरेनन् कि, मन्त्रीले गरेनन् जवाफ दिनुपर्ने बताए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’