जेबी दर्लामीको ‘यात्री’ लाई समाजशास्त्रीय दृष्टिकोणबाट नियाल्दा

पुस्तक समीक्षा

कृष्ण भुसाल

अर्घाखाँची जिल्लाको विकट क्षेत्र सिद्धारामा जन्मिएका साहित्यकार जेबी दर्लामी (कुनै बेलाका वर्षात् दर्लामी)सँग मुहार पुस्तिकामाभन्दा अन्यत्र साक्षात्कार हुन सकेको छैन तर उहाँलाई मैले नजिकबाटै चिनेको छु, पढेको छु । अनि आत्मीयता गाँसेको छु । पुस्तक अध्ययनलाई बढी प्राथमिकतामा राख्ने मेरो रोजाइमा प्रायशः माक्र्सवादी साहित्य, संस्मरण, उपन्यास, दर्शन आदि बिधा पर्ने गर्दछन । केही महिनाअघि दर्लामीको उपन्यास ‘यात्री’ विमोचन भएको खबर पाउनासाथ पढ्ने खुल्दुलीले मनभित्रै अनौठो उत्साह पैदा भएको थियो । यसै रफ्तारमा विद्यार्थी पुस्तक पसल सन्धिखर्कका व्यवस्थापक मेरो आत्मीय साथी लक्ष्मण खड्काले आफ्नो पसलमा ‘यात्री’ उपलब्ध रहेको जानकारी गराउनासाथ एकप्रति खरिद गरिहालें । लगेकै दिन ७६ पेजसम्म अधययन गरें तर आफ्नो स्नातकोत्तर तह दोस्रो वर्षको परिक्षाको तयारी गर्नु परेकोले केही समयलाई थाती राखेको थिंएँ । कताकता आफूलाई निकै ठूलो काम छाडेजस्तो महसुस गरिराखेको थिएँ । परिक्षाको चटारो सकिनासाथ पुनः सुरुबाटै अधययन गरी २ दिनमा सिध्याएपछि यसका बारेमा केही लेख्ने हुटहुटी बढेर आयो ।

कृष्ण भुसाल ,समिक्षक

लिपि बुक्सले प्रकाशनमा ल्याएको दर्लामीद्वारा लिखित उपन्यास ‘यात्री’ जम्माजम्मी २९२ पेजमा अटाएको छ । अन्य साहित्यिक कृतिमाजस्तो भुमिकाले भरिएको थिएन यो कृति न कुनै कृत्रिम प्रशंसाका शब्दले अगाडिको भाग भरिएको थियो । उपन्यासको भाग १ पढ्नुभन्दा पहिले मैले सोचेको थिएँ कि पक्कै यसमा सतही यात्रा अनुभव मात्र होला । जस्तै डायरीको पानाबाट संयोजित घुमघामका रसरंगहरु । तर पुस्तक अध्ययन सुरु गरिसकेपछि म त्यो भ्रमबाट पूर्णरुपमा ब्याक भएँ । ‘यात्री’का पानापानामा गहिरो भाव पाएँ, जसमा पात्रहरु साँच्चिकै अमूल्य साहित्यिक भुमिकाबाट सुसज्जित थिए । साहित्यको मिठास सँगसँगै उपन्यासमा साँस्कृतिक पर्यावरणको दृष्टिकोण ( अगतिगचब िभअययिनष्अब िउभचकउभअतष्खभ) पनि बलियोगरी पाएँ । साँस्कृतिक पर्यावरणले कुनैपनि ठाउँको वातावरण र प्राणीबीचको अन्तरसम्बन्ध हुन्छ भन्ने मान्यता राख्दछ । ‘यात्री’मा पनि परिवर्तित वातावरण र मौसमअनुसार त्यहाँका मानिसले अनुकुलन हुनका लागि अपनाएका विभिन्न रणनीतिहरुबारे साहित्यिक प्रस्तुतिकरण देख्न पाइन्छ । साथै ‘यात्री’ले जनजातीयता र पहिचान (भ्तजलयअष्तथ बलम क्ष्मभलतष्तथ) को विषयवस्तु पनि झल्काउन खोजेको देखिन्छ । उपन्यासको प्रमुख पात्रहरुमध्यको एक पात्र नेर्जुईले नेपाली जनजाती समुदाय जो चिम्सा आँखा र थेप्चा नाक गरेका मानिसहरु, नेपालमा बस्ने भएतापनि नेपाली बन्न नसकेको कुराले जनजाती समुदायको पहिचानको मुद्दा झल्काउन खोजेको छ । नेपाली भएर पनि अझै मंगोलियनको पगरी गाँसिनु, साथै जनजाति समुदायले आफ्नो मौलिक बिम्ब निर्माण गर्न नसकेको, जनजाति समुदाय आफ्नै समुदायसँग लडाइँ गरी पछाडि पारिएको कुराले वास्तवमै पहिचान के हो भन्ने कुरा झल्को दिएको पाइन्छ । ‘यात्री’ उपन्यासमा संरचनात्मक प्रकार्यात्मक दृष्टिकोण पनि देख्न सकिन्छ । उपन्यासको भाग दुईमा उपन्यासकारले उक्त कुरालाई जोडका साथ उठाएको पाइन्छ । सभ्यताको निर्माणको क्रममा समाज र संस्कृतिअन्तर्गतका विभिन्न एकाईहरु र तत्वहरुको प्रकार्यात्मक सम्बन्धलाई दर्शाउँदै मानिसहरुबीच समाजमा सहमति, एकीकरण, समायोजन, सन्तुलन जस्ता आयामहरुको प्रस्तुति यस उपन्यासमा देख्न सकिन्छ । मानिसहरु आफ्नो सभ्यता निर्माणको क्रममा सुरुवाती चरणदेखि गरेका अभ्यासहरु जस्तै, बसाइँसराइ, नयाँ ठाउँमा समायोजन, खेतिपाती, पशुपालन, आवास निर्माण, रक्षात्मक गतिविधी, सामूहिक पुजाआजा जस्ता गतिविधिले मानिसहरूबीच प्रकार्यात्मक एकता, सर्वव्यापकता, अनुकूलन, समायोजन जस्ता कुरालाई बलियोगरी दर्शाएको पाइन्छ । साथै ‘यात्री’ उपन्यासमा मानवशास्त्रीय अध्ययन पनि देख्न सकिन्छ । बेबिलोन र यहुदहरुको सभ्यताको विकास, आपसी सङ्घर्ष, धार्मिक विभेदता, साँस्कृतिक विभिधत जस्ता पक्षहरु मानवशास्त्रीय अध्ययनसँग सम्बन्धित देखिन्छन् । उपन्यासको सुरुदेखि अन्तसम्म गहन रुपले अध्ययन गर्दा मानव जीवनका अनेकौं पक्षहरुको बिशिष्ट रुपमा उपस्थित देख्न सकिन्छ । जस्तै धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पर्यावरणीय, राजनैतिक आदि । लुङ्दारकाजीको भुमिकादेखि कर्मा, नेर्जुइ लगायतको भुमिकाले फरक फरक तर विशिस्ट प्रकृतिका आयामहरु उल्लेखित रहेको पाइन्छ । लुङ्दारकाजी नामक पात्रले गरेको चिन्तालाई मनन गर्दा नेपालको धार्मिक, साँस्कृतिक महत्वमाथि विदेशीको हस्तक्षेप, ऐतिहासिक सम्पदाको सुरक्षाको चिन्ता र धर्मगुरुहरुको स्वार्थी प्रवृत्तिलाई छर्लङ्ग देख्न सकिन्छ । धार्मिक, साँस्कृतिक रुपले नेपाल विश्वमै परिचित भएपनि स्वयं नेपालीले नै आफ्नो धार्मिक तथा साँस्कृतिक सम्पदाको रक्षा गर्न नसकेको प्रसंगलाई उल्लेख गरिएको छ ।

त्यस्तै उपन्यासको अर्को महत्वपूर्ण पात्र कर्माको भुमिकाले स्वतन्त्र तिब्बत (ँचभभ त्ष्ददभत) पक्षधरहरुले आफ्नो राजनैतिक अधिकार प्राप्तिका निम्ति गरेको लामो तथा कठोर सङ्घर्षको कथालाई दर्शाउन खोजेको छ । चिनिया केन्द्रिय सरकारको कठोर निगरानी, वाक स्वतन्त्रता र राजनैतिक अधिकारविनाको जनता हुनुको पीडा साथै राष्ट्रविनाको राष्ट्रियताको औचित्य नभएको कुरालाई देखाउन खोजिएको छ । त्यस्तै उपन्यासकै अर्को पात्र नेर्जुई, जसको भुमिकालाई बहुआयामिक रुपले विश्लेषण गर्न सकिन्छ । जन्मभूमिप्रति अगाध माया भएको पात्र हो नेर्जुई जसले विश्वविद्यालयसम्मको अध्ययन गरेतापनि अन्ततः आफ्नै गाउँ फर्किएकी छे । साथै मंगोलहरुको पहिचान, पर्यावरणसँग त्यस क्षेत्रका मानिसहरु कसरी अनुकूलन र समायोजन हुन्छन् भन्ने कुरा उसको भुमिकाबाट चरितार्थ भएको देख्न सकिन्छ । साथै उसको प्रेमिल भुमिकालाई पनि चाखलाग्दो रुपले हेर्न सकिन्छ । ‘यात्री’ उपन्यासका हरेक पात्रहरूको भुमिका विशिष्ट देखिन्छ । नेर्जुईको हजुरबुबा अनि काका काकीको भुमिका जसले जन्मभूमिलाइ नै कर्मभूमि मानी आफ्नो जीवनयापन गरिरहेका छन । साथै मंगोलियनहरुको महत्वपूर्ण पर्व नादाममा गुर्बान वस्तीका मानिसहरूको उत्साहले साँस्कृतिक एकताको सन्देश दिन खोजिएको छ जसलाइ संस्कार उपागम (च्ष्तगब िबउउचयबअज) को रुपमा बुझ्न सकिन्छ । झाङ्नु भन्ने ठाउँमा नादाम पर्वमा हुने पहलवानहरुको युद्ध अर्थात कुस्तिले प्रतीकवाद (क्थmदयष्किm) को रूपमा उपस्थिति जनाएको छ । साथै गुर्बान गाउँका मानिसहरूको मुख्य पेसा पशुपालन भएको र व्यापार पनि सोही पेसासँग सम्बन्धित रहेको कुराले विनिमयात्मक उपागम (त्चबलकबअतष्यलब िब्उउचयबअज) को पक्षलाई पनि उपन्यासमा देख्न सकिन्छ ।
बहुआयामिक पक्षको मिश्रण रहेको उपन्यास ‘यात्री’ साहित्यको कौतुहलतापुर्ण रससँगै समाजशास्त्रीय एवं मानवशास्त्रीय पक्षहरु जस्तै, संरचनात्मक प्रकार्यवादी दृष्टिकोण, संस्कार उपागम, साँस्कृतिक पर्यावरणीय दृष्टिकोण, द्वन्द्वात्मक उपागम, विनिमयात्मक उपागम, जनजातीयता र पहिचान जस्ता पक्षहरुले भरिएको छ । उपन्यासको मुख्य पात्र यात्री जसले प्राचीन पुस्तकको रहस्य पत्ता लगाउनका निम्ति गरेको अठोट र हरेस नखाइ गरेको संघर्षपूर्ण यात्रा, प्रेम प्रसंग र उसको समग्र यात्रा विवरण रोचक एवं महत्वपूर्ण छ । विशिष्ट साहित्यक शब्द चयन गरी तयार पारिएको उपन्यास मानव सभ्यताको अध्ययनको दरिलो साहित्यालेखको रुपमा उपस्थिति जनाएको देखिन्छ । फरक स्वाद मन पराउने नेपाली पाठकहरुको निम्ति यो पुस्तक अमूल्य उपहारको रुपमा आएको छ ।

खासै चर्चामा आउन नरुचाउने साहित्यकार जेबी दर्लामीलाई यस पुस्तकले साहित्यको एक मुर्धन्य खम्बाको रुपमा उभ्याएको छ । यो उपन्यासले सभ्यता, भौगोलिक क्षेत्र, इतिहास, सँस्कृति र राजनीतिको गहिरो अध्ययनबाट मात्र जन्म लिएको देखिन्छ । नेपाली पाठकहरुका साथसाथै विश्वभरका पाठकहरुलाई पनि गतिलो खुराक मिलेको अनुभूति भएको छ । यदि यो पुस्तक अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशन गर्न सके पुस्तकले अन्तराष्र्टि«य महत्व पाउने कुरामा कुनै दुई मत छैन । सतही प्रेम, यौन, घुमफिरका संस्मरण, आत्मरतिले भरिएको नेपाली साहित्यिक रचनाहरुको भीडमा यो एउटा पृथक साहित्यिक गहनाको रुपमा उदाएको छ । उपन्यासको अन्तिम भागले पाठकको कौतुहलतालाई चरमोत्कर्षमा पु¥याउँछ । कर्माको भुमिकालाई विश्लेषण गर्दा लेखक पनि स्वतन्त्र तिब्बत आन्दोलनप्रति झुकाव राखेजस्तो देखिएपनि अन्य सम्पूर्ण पक्ष विशिष्ट रहेको छ । उपन्यासलाई साहित्यिक तवरले भन्दापनि समाजशास्त्रीय र मानवशास्त्रीय रुपले समीक्षा गरेको छु । साथै यस ‘यात्री’ उपन्यास नेपाली साहित्यका साथै अन्तराष्ट्र्रिय साहित्यिक जगतमा कोसेढुङ्गाको रुपमा स्थापित हुनेछ भन्नेमा आशावादी छु ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी