राष्ट्रपति रनिङ्ग शिल्ड नमुनाले जित्यो


पर्वत/जिल्ला खेलकुद बिकास समिती पर्बत द्वारा आयोजित नबौ रास्ट्रपती रनीङ शिल्ड प्रतियोगिता नमुना आवासिय माबि कुस्माले जितेको छ ।
जिल्ला खेलुकद बिकास समिति पर्वतले आयोजना गरेको प्रतियोगितामा १ सय ८७ अङ्क सहित नमुना आबासिय माबिले प्रथम स्थान हासिल गरेको हो ।
रनिङ्ग शिल्ड जितेको नमुना आवासिय माबिले ३० हजार नगद ,शिल्ड र ट्रफी प्राप्त गरेको छ । नमुना आवासिय माबिले यस अघि २०६८ मा द्धितिय र २०६३ मा तृतिय स्थान हासिल गरेको थियो ।


रनिङ्ग शिल्डमा १ सय ७७ अङ्क सहित शिवालय माबि कुस्माले दोस्रो र १ सय २२ अङ्क सहित नारायण माबि कुस्माले तेस्रो स्थान प्राप्त गरेका छन । दोस्रो भएको शिबालय माबिले २० हजार नगद, मेडल र प्रंमाण पत्र र तृतिय भएको नारायण माबिले १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । बिजयी भएका टिमलाई जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले नगद र शिल्ड र ट्रफी प्रदान गरेका थिए । प्रत्योगिताको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गरेका थिए ।
नबौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ इभेन्टका खेलहरु भएका थिए । एथलेटिक्स भलिवल, कवड्डी , ज्यावलिङ थ्रो सटफुट ,हाईजम्प ,लङजम्प, लगायत दर्जन खेलको प्रत्योगितामा प्रतिष्पर्धा भएको जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङ्गले जानकारी दिए । प्रतियोगितामा जिल्लाका २० विद्यालयले सहभागीता जनाएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’