पर्वतमा पहिलो प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
पर्वत /पर्वत जिल्लामा प्रदेश नं ४ स्तरीय पहिलो खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ ।
पर्वत ब्याडमिन्टन संघले नयाँ बर्षको उपलक्ष्यमा बैशाख १५ देखि १७ गते सम्म प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । प्रदेशस्तरमा आयोजना गरिएको यो नै पहिलो प्रतियोगिता हो ।
प्रतियोगितामा मेन्स सिंगल तथा डबल, ४५ बर्ष माथिको राष्ट्रिय स्तरको भेट्रान्स , पर्वतस्तरीय जुनियर प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा १ सय भन्दा बढीको सहभागिता रहने पर्वत ब्याडमिन्टन संघका अध्यक्ष प्रेमकुमार गुरुङ्गले जानकारी दिए । प्रतियोगितामा प्रदेश नं ४ का अतिरिक्त पाल्पा, रुपन्देही, नवलपरासी,चितवन र मकवानपुर जिल्लाका टिमले समेत सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा खुल्ला डबल्स तर्फ प्रथम हुनेले ४५ हजार, द्धितियले ३० हजार तथा तृतियले १५ हजार नगद र ट्रफी प्राप्त गर्नेछन भने पुरुष सिंगल तर्फ प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ६ हजार र तृतियले ३ हजार नगद र ट्रफी पाउनेछन । यस्तै भेट्रान्स प्रतियोगितामा प्रथम हुनेले ४० हजार , द्धितियले २५ हजार र तृतियले १५ हजार नगद र ट्रफी प्राप्त गर्नेछन । पर्वतका खेलाडीले मात्र भाग लिने जुनियर डबल्स तर्फ प्रथम हुनेले २०, द्धितियले १२ हजार र तृतियले ६ हजार नगद प्राप्त गर्नेछन ।
आयोजकका अनुसार प्रतियोगिता उद्घाटनका क्रममा ४० बर्ष माथिको हाफ म्याराथन समेत आयोजना गरिएको छ । स्वास्थ्यका लागि खेलकुद आवश्यक छ भनेर कुस्मा नगरपालिकाको अर्मादी देखि छमर्के स्थित ब्याडमिन्टन कर्भडहल सम्म म्यारथन आयोजना गरिएको अध्यक्ष गुरुङ्गले बताए । प्रतियोगितामा प्रथम हुने ४ हजार, द्धितियले ३ र तृतियले २ हजार पुरस्कार पाउनेछन ।