बृद्धाआश्रममा स्वास्थ्य परिक्षण र निशुल्क भोजन
इन्दु शर्मा ,पर्वत /करले होइन रहरले सहयोग गरौँ भन्ने मुल नारा का साथ गठन गरिएको फेसबुक ग्रुप सहयोगी हातहरुमा आबद्ध सदस्यहरुले बृद्धाश्रममा रहेका बृद्धाबृद्धाको स्वास्थ्य परिक्षण र निशुल्क भोजन गरेको छ ।
नेपाल कुष्ठरो निवारण संघ, पोखरा आरोग्य आश्रम टुटुङ्ग–१५ मा रहेका बृद्धबृद्धा तथा अशक्तहरुको स्वस्थ्य परिक्षण गरिएको हो भने उनीहरुहलाई निशुल्क भोजन समेत खुवाइएको छ ।
केही महिना पहिले फेसबुक मार्फत स्थापना भएको ग्रुपले आश्रममा रहेका कृष्ठरोग पिडित बृद्धबृद्धाहरुका लागि मनोरञ्जनात्मक कार्यक्रम समेत सञ्चालन गरेको थियो । ग्रुपका अध्यक्ष जगत ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठबृद्ध हरु र सहयोगदाताहरुलाई सम्मान पनि गरेको छ । कार्यक्रममाा नयाँ सदस्यहरु लाइ स्वागत पनि गरिएको थियो । कार्यक्रम संचालन ग्रुप को एडमिन सुबास पौडेलले गर्नु भएको थियो।उक्त कार्यक्रममा विभिन्न जिल्लाहरूबाट मेम्बरहरूको उपस्थित भएको थियो ।
सोही अवसरमा सम्पूर्ण मेम्बर हरूले यी र यश प्रकारका सामाजिक कामहरूमा सधै अग्रसर रही सहयात्रा गर्न तयार रहेको धारणा राखेका थिए । राम्रो काम गर्दा सब ले साथ दिने बिश्वासका साथ अगाडि बडेको ग्रुपले आगामी दिन मा पनि नयाँ नयाँ कार्यक्रम योजना बनाएको छ । केह समय भित्रै क्यान्सर पीडित लाई पनि गर्ने ग्रुपले जनाएको छ । कार्यक्रको सञ्चालन सुवास पौडेलले गरेका थिए