ट्राफिक सक्रियताको कारण पर्बतमा दुर्घटनामा कमी, दुर्घटनाको कारण गत बर्ष ७ जनाको मृत्यु भए पनि यस बर्ष मात्र ३ जना
सुबास लामिछाने /पर्बत, गएको दुई वर्ष यता पर्बतमा ट्राफिक गतिबिधि सक्रिय देखिएको छ । आफ्नो सक्रियताकै कारण सबारी दुर्घटनामा कमी आएको दाबि समेत गरेको छ । ट्राफिक सक्रियताकै कारण चार बर्षको तथ्याङकमा जिल्लाभर सबारी दुर्घटना, कारवाहि र ट्राफिक नियम उल्लघनमा कमी आएको हो ।
पर्बतमा ट्राफिक सक्रियता बढ्संगै सबारी चालक, यात्री र पैदलयात्री समेतमा ट्राफिक नियमबारे चेतना बृद्धि भएको छ । पछिल्लो चार बर्षको तुलनामा सबारी दुर्घटना, ट्राफिक नियम उल्लघन गर्नेको सख्या घटेको हो । चार बर्ष यता छिटपुट दुर्घटनामध्ये मानबिय त्रुटिले भएका दुर्घटनाको सख्या न्युन रहेको ट्राफिक कार्यलयको दाबि रहेको छ ।
मानबिय कारणले दुर्घटना नभएपनि गत बर्ष १७ दुर्घटनामा ४ पुरुष २ महिला र १ बालक गरी ७ जनाले ज्यान गुमाए भने यस बर्ष ५ दुर्घटनामा ३ पुरुषले मात्र ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यलय पर्बतले जनाएको छ । त्यसै गरी ४३ जना घाईते भएका छन् जसमा २० पुरुष १४ महिला र ९ बाल बालिका रहेको ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष ६९–७० मा ८५ सय ७२ सवारी कारवाहिमा १६ लाख ५३ हजार तीनसय राजस्व संकलन भएको थियो । त्यस वर्ष भएका २५ वटा दुर्घटनामा परि १२ को मृत्यू र ६३ जना घाइते भएका थिए । त्यस्तै ०७०–७१ मा १३ हजार तीनसय दुई सवारी कारवाहिबाट २७ लाख ५६ हजार छ सय ५० रुपैया“ राजस्व संकलन भएको छ । सोहि वर्ष भएका ३५ सडक दुर्घटनामा १६ जनाको मृत्यू र ७१ जना घाइते भएको ट्राफिक कार्यलयको तथ्याङ्क रहेको छ ।
०७१–७२ मा ट्राफिकले ९ हजार ६ सय ७४ सवारी कारवाहिबाट ३४ लाख १८ हजार तीनसय ५० रुपैया“ राजस्व संकलन गरेको थियो । त्यो वर्षका १६ दुर्घटनामा ४ को मृत्यू र ४० घाइते भएका थिए । ०७२–७३ को अन्त्यसम्ममा सवारी कारवाहि राजस्व र सवारी दुर्घटनामा कमी आउनुमा ट्राफिक सक्रियता र त्यसको प्रभाव मुख्य रहेको ट्राफिकको दाबी छ ।
०७२–७३ मा ५७ सय ४९ सवारी कारवाहिबाट २७ लाख ५० हजार चार सय राजस्व संकलन गरेको प्रहरीले ०७३–७४ मा ९ हजार सबारी कारवाहिबाट ४६ लाख ६१ हजार ५ सय राजश्व संकलन गरेको ट्राफिक कार्यलय पर्बतले जनाएको छ । त्यस बाहेक ट्राफिक प्रहरीले एक बर्षको अबधिमा १५ ठाउमा बिभिन्न जनचेतना मुलक कार्यक्रम समेत सम्पन्न गरेको छ ।