भारतीय प्रधानमन्त्रीको भ्रमण वैशाख २८ गते देखि , जनकपुरमा अभिनन्दन गरिने

काठमाण्डौ/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको मोदीको दुई दिने नेपाल भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेका छन्।

‘अलि पर सार्ने कि भन्ने पनि कुरा भएको थियो तर अन्तिममा भारतीय प्रस्तावअनुसार नै भ्रमणको तिथि टुंगो लाग्यो,’ स्रोतले भन्यो।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री ओली जनकपुर पनि जाने भएका छन्। त्यहाँ उनलाई अभिनन्दन गरिनेछ।

परराष्ट्र मन्त्रालयले भने भ्रमणबारे छलफल भइरहे पनि तयारी सुरु नभएको बताएको छ।

मोदीको भ्रमणको मिति भारतीय सञ्चारमाध्यमले यसअघि नै मिति सार्वजनिक गरे पनि भारतले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।

प्रधानमन्त्री बनेपछि मोदीले तेस्रो पटक नेपाल भ्रमण गर्न लागेका हुन्।

यसअघि सन् २०१४ मा प्रधानमन्त्री बनेलगत्तै र पछि सार्क सम्मेलनमा भाग लिन मोदी नेपाल आएका थिए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’