एकता वार्ता सकारात्मक : यस्तो छ सहमतिको तयारी

काठमाडौँ/पाँच महिनादेखि सघन वार्तामा रहेका एमाले–माओवादी एकता प्रक्रियाको अन्तिम बिन्दुमा पुगेको आजको नयाँ पत्रिका दैनिकले प्रथम पृष्ठमा खबर छापेको छ |

एकता बार्तामा भएको सहमति अनुसार दुई अध्यक्षसहित स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र, महानगर/नगर वा गाउँ कमिटी, वडा कमिटी, प्रारम्भिक कमिटी बनाउने तयारी छ |
यस्तै केन्द्रीय कमिटीमा ५०–५०% राख्ने विषयमा अडिग माओवादी र त्यति दिनै नसक्ने एमाले दुवै लचिलो भएका छन् । ठ्याक्कै ५० नमिले पनि त्यही हाराहारीमा सहमति हुने सम्भावना छ ।

एमाले नेता झलनाथ खनाल, माधव नेपाल र माओवादी नेता नारायणकाजी श्रेष्ठको वरीयताबारे विधानको मस्यौदामा केही उल्लेख छैन । एकीकृत पार्टीको केन्द्रीय कमिटीले नै उनीहरूको वरीयताबारे निर्णय गर्ने सहमति नेताहरूबीच भएको छ ।

जनताको बहुदलीय जनवाद र २१औँ शताब्दी जनवादको सट्टा समाजवादउन्मुख नीति अंगीकार गरेर जाने विषयमा दुई दल लगभग सहमत भइसकेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’