प्रतिनिधीसभा सदस्य पदम गिरी टुहुरो बालकको अभिभाबक
सुबास लामिछाने/पर्वत, प्रतिनिधीसभा सदस्य पदम गिरीले कुश्मा नगरपालिका वडा नम्बर २ दुर्लुङका १० बर्षिय प्रज्वल गुरुङलाई बिद्यालय भर्ना गर्नुभएको छ । मुलुकभर बालबालिकाहरुको लागि बिद्यालय भर्ना अभियान भईरहेको समयमा उहाले सानो उमेरमा बाबु आमाको माया र स्नेह नपाएका प्रज्वललाई कक्षा पाचमा भर्ना गनूभएको छ ।
गिरी आफैले अध्ययन गरेको काफलचौर माध्यमिक बिद्यालय दुर्लुङमा गुरुङलाई भर्ना गरी अभिभावकत्ब ग्रहण गर्नुभएको हो । २०६५ सालमा जन्मेका प्रज्वल बाबा खेमबहादुर गुरुङ र आमा सरस्बती गुरुङका एक्ला सन्तान हुन । प्रज्वल सानै छदा बाबाको मृत्यु भएपछि आमा सरस्बती गुरुङले पनि अर्का संग बिवाह गरेर गएपछि उनि एक्ला भएका थिए ।
सानैबाट आफ्नै फुप प्यारी गुरुङको हेरचाहा र पालन पोषणमा हुर्कदै आएका प्रज्बललाई जेनतेन फुपले सोहि बिद्यालयमा कक्षा ४ सम्म पढाउदै आउनुभएको थियो । फुपु प्यारी गुरुङसंगै आएका प्रज्वललाई पाठ्यपुस्तक, पोशाक लगायतका शिक्षण सामाग्री हस्तान्तरण गर्दै प्रतिनीधिसभा सदस्य गिरीले प्रज्बललाई विद्यालय तहसम्मको शिक्षाका लागि आफ्नो सहयोग रहने बताउनुभयो ।
उहाले प्रज्वलाई अभिभावकले गर्नूपर्ने सम्पुर्ण कर्तब्य र जिम्बेवारी आफुले पुरा गरेर छाड्ने बताउनुभयो । सबै बालबालिकालाई विद्यालय र्पुयाउने सरकारको योजना सबै मिलेर पूरा गर्नुपर्ने समय आएको समेत उहाले सो अबसरमा बताउनुभएको थियो । उहाले अहिलेको समयमा बालबालिकालाई राम्रो शिक्षा दिक्षा दिन नसकेमा भबिष्य अन्धकार हुने भन्दै सबैलाई राम्रो र गुणस्तरीय शिक्षाबाट बञ्चीत नहुन आग्रह गर्नुभयो ।