चीनसँग अनुदानमा क्रसबोर्डर रेल्वेको प्रस्ताव, नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पु¥याउने सहमति

काठमाडौं/परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केरुङबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनी जोड्ने सीमावारपार (क्रसबोर्डर) रेल मार्ग अनुदानमा निर्माण गर्न चीनसँग प्रस्ताव गरेको बताएका छन् ।

६ दिने चीन भ्रमण सकेर शनिबार स्वदेश फर्केका परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पु¥याउने सहमतिसँगै सफल भएको दाबी गरे ।संघीय सरकारका पहिलो परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणलाई चिनियाँ पक्षले महŒवपूर्ण रूपमाहेरेका थिए ।

उनले बेइजिङमा एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको दोहो¥याएका थिए । अघिल्ला सम्झौताहरूको कार्यान्वयन ज्ञवालीको भ्रमणको मुख्य एजेन्डा बनेको थियो । दुई छिमेकी भारत र चीनलाई विकासको साझेदारका रूपमा अघि बढाउने नीतिमा सरकार देखिन्छ ।

ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण चाँडै हुन सक्ने संकेतसमेत गरेका छन् । प्रधानमन्त्री भएपछि ओलीले तीनदिने भारत भ्रमण गरिसकेका छन् । सरकारले यस वर्षलाई उच्चस्तरीय भ्रमण वर्षका रूपमा लिँदै नेपालमा लगानी भिœयाउने योजना बनाएको छ ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा नेपालको समुद्रसम्म पहुँच पु¥याउन सहमति गरेका थिए भने ज्ञवालीले चीन भ्रमणमा नेपालीको रेल सपनालाई साकार बनाउन जोड दिए ।

ज्ञवालीले शनिबार पत्रकारसँग भने, ‘रेल मार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना तयार गर्नका लागि चिनियाँ पक्षसँग प्रस्ताव गरेको छु ।’  ‘यो रेल मार्गलाई द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा अघि सारेका छौं, हामीले रेल मार्ग चिनियाँ लगानीबाटै हुनुपर्छ भन्ने प्रस्ताव राख्यौं, यसले छिट्टै आकार ग्रहण गर्नेछ,’ उनको भनाइ थियो ।

विगतका  सम्झौता कार्यान्वयनका लागि फरक उच्चस्तरीय समिति बनाउने सहमति भएको ज्ञवालीले बताए । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा ज्ञवाली गत सोमबार बेइजिङ पुगेका थिए ।

बेइजिङमा उनले उपराष्ट्रपति वाङ छिसाङसँग शिष्टाचार भेट गर्दै नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्तामा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालका तर्फबाट उनले समर्थन जनाएका थिए ।

बीआरआईअन्तर्गत रहेर चीनसँग यातायात सञ्जाल, अन्तर्देशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र जनस्तरको सम्बन्ध विकास गरी पाँच क्षेत्रलाई नेपालले प्राथमिकतामा राखेको जानकारी गराएको उनले बताए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दुई देशको प्राचीन कालदेखिको सम्बन्धलाई थप उचाइमा पु¥याउने सबै सम्भावना उपयोगका सम्बन्धमा छलफल भएको बताए । परियोजना निर्माणमा लगानीको मोडालिटीका विषयमा पनि नेपालले आफ्नो धारणा राखेको थियो ।

ज्ञवालीले सन् २०१६ मा प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले चीनमा गरेको सहमति र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेको सम्झौताहरू शीघ्र कार्यान्वयनलाई जोड दिएको बताए । ‘चीनको सहयोगमा सञ्चालन भएका परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि द्विपक्षीय समन्वयन तथा कार्यान्वयन संयन्त्र बनाउने सहमति भएको छ,’ ज्ञवालीले भने ।
चीनका राष्ट्रपति सी जिङ पिङको नेपाल भ्रमणको सम्भावनासमेत प्रस्टिँदै गएको बताउँदै उनले भने, ‘उच्चस्तरीय भ्रमण आदान–प्रदान गर्ने विषयमा चीन गम्भीर छ, आपसी विश्वास र मित्रतामा आधारित द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धन गर्न उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन हामी सहमत भयौं ।’
तातोपानी नाका शीघ्र सुचारू गर्नका लागि उनले चिनियाँ पक्षसँग आग्रह गरेका थिए । रसुवागढी केरुङ र तातोपानी झाङ्मु नाकाको स्तरोन्नति गर्न पनि ज्ञवालीले चिनियाँ पक्षलाई प्रस्ताव गरेका थिए । ‘आगामी दिनमा थप नाका खोल्ने विषयमा पनि हामीले जोड दियौं,’ उनले भने ।नेपालको व्यापार घाटा कम गर्ने विषयमा पनि ध्यानाकर्षण गराएको उनले बताए । ‘नेपाली उत्पादनको निर्यात बढाउने विषयमा जोड दियौं,’ उनले भने । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली उत्पादनलाई बजार पहुँच उपलब्ध गराउने विषयमा आश्वासन दिएको बताए ।

केरुङमा बिजनेस पासको माग

चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले केरुङमा आयोजना गरेको बैठकमा नेपालले केरुङसम्म जानका लागि व्यवसायीलाई बिजनेस पास व्यवस्था गरिदिन चिनियाँ अधिकारीसँग आग्रह गरेको छ । बैठकमा रसुवाका स्थानीयलाई एकदिने पास र व्यवसायीलाई बिजनेस पासको व्यवस्था गर्न आग्रह गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । केन्द्रस्तरीय पहल गरी सहमति भएपछि सो व्यवस्था गर्न सकिने चिनियाँ पक्षले जानकारी दिएको प्रजिअ न्यौपानेले बताए ।
बैठकमा केरुङमा नेपाली सवारीसाधन दुर्घटना भएको खण्डमा चिनियाँ प्रहरीले नेपाललाई दुर्घटना रिपोर्ट उपलब्ध गराउने समेत सहमति भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी