सरकारी अस्पतालको लापरवाही : बेड छैन भनेर फर्काइएकी महिलाले सडकमै बच्चा जन्माइन्

सुर्खेत/ तपाईंलाई सुन्दा अच्चम लाग्ला, राजधानीमै बच्चा सडकमै जन्मियो भन्दा । यो सत्य कुरा हो ।

दैलेख डाँडापराजुल घर भएकी सिर्जना विकले शनिबार विहान करिब ६ बजे वीरेन्द्रनगर–६, बुद्धपथ नजिकै रहेको देउराली होटल बाहिरै बच्चा जन्माएकी छिन् । उनले सुविधा सम्पन्न वीरेन्द्रनगर बजारमा कम्बलको सहारामा बच्चा जन्माएकी थिइन् ।

तीन दिनअघि क्षेत्रीय अस्पताल कालागाँउमा बच्चा जन्माउनका लागि आएकी विकलाई अस्पतालले बेड नभएको बताउँदै फिर्ता पठाएको थियो । आर्थिक अवस्था नाजुक रहेकाहरुका लागि सरकारी अस्पतालले सेवा दिनुपर्नेमा उल्टै सेवाग्राहीहरुलाई होटलको बास बनाउने अस्पताल प्रशासनको गैरजिम्मेवारी पनका कारण सुत्केरी महिलाको ज्यान समेत जोखिममा पर्यो ।

होटलमा बसिरहेकी विकलाई एक्कासी व्यथा लाग्दा अस्पताल लैजान खोज्दा–खोज्दै देउराली होटलको बाहिरै बच्चा जन्मिएको हो । बच्चा जन्मिसकेपछि प्राथमिक उपचारका लागि देउती अस्पतालबाट नर्सहरु आएका थिए ।

उनीसँग एम्बुलेन्समा जाने पैसा नभएपछि नेपाल चेम्बर अफ कमर्स सुर्खेतका कोषाध्यक्ष हेमा उपाध्यायले आर्थिक सहयोग गरेर क्षेत्रीय अस्पताल कालागाउँ पठाएकी थिइन् । यसरी राजधानीमै सडकमा बच्चा जन्माउनु पर्ने कर्णालीमा अन्यत्रको अवस्था के होेला, अनुमान लगाउन गाह्रो छैन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’