विदेशबाट गर्भ बोकेर फर्किएकी पत्नी घर निकाला

धन कमाउने आसमा जोर्डन पुगेकी झापा विर्तामोडकी ३२ वर्षीया धनमाया बस्नेत अहिले सडकमा छिन्। उनको पेटमा ८ महिनाको बच्चा छ।

श्रीमान र परिवारको अनुरोधमा घरेलु कामदारका लागि १९ महिनाअघि जोर्डन पुगेकी धनमाया काम गरेको कम्पनीमा बलात्कृत भइन्। गलैँचा फयाक्ट्रीमा काम गर्ने धनमाया भारतीय सहकर्मीबाट बलात्कृत भएर गर्भवती भएकी खबर आजको राजधानी दैनिकमा झापाबाट टीकाराम नेतीले लेखेका छन्।

आफूलाई परेको कारुणिक पीडाबारे खुल्दै उनले थपिन्, ‘एकलासको बाटो थियो। पछाडिबाट एकजनाले आँगालो हाल्यो र लडायो। अनि रुमालले मुख थुलेर बलात्कार ग¥यो। उसले मलाई जे जे गर्नुथियो, सक्यो अनि छाडेर भाग्यो। वरिपरी कोहि थिएन। मैले न्याय नपाउने डरले यो घटना कसैलाई सुनाइन।’

९ दिनअघि श्रीमान र परिवारका सदस्यले घरनिकाला गरेपछि न्यायको खोजीमा उनी भौतारिरहेकी छन्। उनका १४ र ९ वर्षीया २ छोरी र ४ वर्षीय छोरा छन्। उनले भनिन्, ‘पैसा कमाएर आएको भए प्यारो हुन्थेँ होला, पीडामा परेर फर्किंए, अहिले घर निकालिएँ।’

१९ महिनामा धनमायाले परिवार र नन्दका नाममा कमाएको २ लाख रुपैयाँ पठाएकी थिइन। अहिले त्यो रकम पनि उनको हातमा छैन।

धनमायाँ ९ दिनअघि घरनिकाला भएपछि कचलकवल गाउँपालिका पथरीयाकोे माइती घरमा आश्रयमा छिन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’