फलेबास नगरपालिकाको कृषिमा यान्त्रिकीकरण अभियान

पर्वत । फलेवास नगरपालिकाका कृषकहरुलाई व्यवसायिक बनाउन कृषिकर्ममा आवश्यक उपकरण अनुदानमा बितरण गरिएको छ । नगरपालिकाले चालु आर्थिक बर्षको बजेट मार्फत कृषकहरुलाई खेत जोत्ने हाते ट्याक्टर, घाँस काट्ने मेसिन, कुटानी पिसानी मिल, मकै छर्ने मेशिन बितरण गरेको हो ।

सोमबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि अनुदानका यान्त्रिक सामाग्री बितरण गरेको हो । नगरपालिकाका अनुसार हाते ट्याक्टर ११ वटा, कुटानी मेशिन १४ , घाँस काट्ने मेशिन १ वटा बितरण गरिएको फलेबास नगरपालिकाका कृषि शाखा प्रमुख नारायण शर्मा पौडेलले जानकारी दिए ।

कृषकहरुको मागको आधारमा कृषकहरुलाई अनुदानमा सामाग्री बितरण गरिएको उनले बताए । गएको कार्तिकमा सुचना प्रकाशित गरेर नगरपालिकाले माग संकलन गरेको थियो । सोहि मागका आधारमा अनुदानमा सामाग्री प्रदान गरिएको फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले जानकारी दिए । कृषिमा यान्त्रिककरण र परम्परागत कृषि प्रणालीमा आधुनिककरण गर्न नगरपालिकाले अनुदानका बिभिन्न कार्यक्रम ल्याएको छ ।

नगरपालिकाले चालु आर्थिक बर्षमा १ करोड ६० लाख रुपैयाँको अनुदान सम्झौता गरिसकेको छ । अनुदान सम्झौता भएका कृषकहरुलाई किस्ता किस्तामा सामाग्री र आवश्यकिय सहयोगहरु दिँदै जाने योजना रहेको मेयर शर्माले बताए ।

उपकरण पाएका कृषकहरुले नगरपालिकाले गरेको सहयोग प्रति खुशी व्यक्त गरेका थिए । कृषि उपजको बजारीकरणको समस्या समाधान गर्न पनि नगरपालिकाले सहयोग गर्नुपर्ने आवश्यक रहेको कृषकहरुले बताएका छन् । नगरपालिकाका ११ वटै वडाका कृषकहरुलाई सामाग्री बितरण गरिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी