राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना गाेरखाका अाकाश परियारकाे अभिभावक

पाेखरा । राष्ट्रियस सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाेरखाका ५ वर्षीया अाकाश परियारलाई विद्यालय भर्ना गर्नुभएकाे छ।

दुई वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारकाे अभियानअन्तर्गत अध्यक्ष तिमिल्सिनाले बाल्यकालमै बाबू गुमाएका अाकाशलाई पाेखरा-५ पर्स्याङस्थित धर्मस्थली अाधारभूत विद्यालमा भर्ना गर्दै स्कूले शिक्षाकाे अभिभावक बन्नुभएकाे हाे।

अामा रिता परियारसँगै अाएका अाकाशलाई पाठ्यपुस्तक, पाेशाक लगायतका शिक्षण सामाग्री हस्तान्तरण गर्दै उहाँले अाकाशलाई विद्यालय तहसम्मकाे शिक्षाका लागि अाफ्नाे सहयाेग रहने बताउनुभयाे।

“बच्चाकाे बुवा-अामा त चाहेर पनि हुन सक्दशेन। तर, अभिभावकले पूरा गर्नुपर्ने शिक्षादिक्षा दिने जिम्मेवारी म पूरा गर्छु,” उहाँले भन्नुभयाे, “सबै बालबालिकालाई विद्यालय पुर्‍याउने सरकारकाे याेजना सबै मिलेर पूरा गर्नुपर्छ ।”

यही चैतमा अाफ्नाे बाबू सुनील परियार गुमाएका अाकाश पाेखरामा तीन दिदी र अामासंगै बस्दै अाएका छन्। अामाले मजदुरी गर्दै तीन दिदी र उनलाई हुर्काउदै अाएकी थिइन्।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी