अवैध ‘नेटवर्किङ विजनेस’ चलाउने ६६ जना सीआईबीको फन्दामा
काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आई बोस ग्लोबल मार्केटिङको नामबाट अवैध नेटवकिङ व्यवसाय चलाउने कार्यमा संलग्न ६६ जनालाई नियन्त्रणमा लिएको छ ।
बुधबार सीआईबीले पत्रकार सम्मेलन गरेर चुच्चेपाटीस्थित कार्यालयबाट ६६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
६६ जनामध्येबाट ५९ जनालाई छाडिएपनि ७ जना माथि भने ठगी गरेको कसुरमा कारबाही पक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ ।
काभ्रेका राजकुमार दंगाल, दोलखाका नारायण सिवाकोटी, साेलुखुम्बुका प्रदीप राई, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, तिर्सना सुनुवार र पूर्णबहादुर श्रेष्ठमाथि कारबाही प्रक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ ।