प्रदेश ४ मा पर्यटन केन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा– प्रदेश नं ४ ले आगामी ५ बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार प्रदेश प्रमुख बाबुराम कुवँरले प्रदेशसभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी प्रदेश ४ ले ५ वर्ष पर्यटनमा प्राथमिकमा राखेर लगानी बढाउने नीति अघि सारेको हो ।
नीति तथा कार्यक्रम अन्तर्गत २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत अन्तराष्ट्रिय स्तरको पोखरा पर्यटन वर्ष मनाईने उल्लेख गरेको छ । प्रदेशमा लगानी बढाउन २०७५ सालभित्रै लगानी सम्मेलन गरिने भएको छ ।
प्रदेश सरकारले यो आर्थिक वर्षलाई कानुन तर्जुमा र प्रादेशिक संरचना वर्ष र आगामी वर्षलाई प्रादेशिक संरचना निर्माण वर्षको रुपमा कार्यान्वयन गरिने जनाएको छ ।
प्रदेशको नीति तथा कार्यक्रम तयार गर्दा लैगिंक समानता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय, समतामुलक समाजको आधार निर्माणमा केन्द्रित गर्ने जनाएको छ ।