पर्बतमा ११ हजार भन्दा बढी अबैध घरेलु मदिरा नष्ट


सुबास लामिछाने, । पर्बतका बिभिन्न गल्लीगल्लीमा र होटलहरुमा राखि अबैध रुपमा बिक्री बितरण हुदै आएको घरेलु मदिरा नष्ट गरिएको छ । कुश्मा बजारको गल्लीगल्लीमा अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेको संख्या बढेको पाइए पछि घरेलु मदिरा नष्ट गर्ने अभियान चलाईएको थियो । एक हप्ताको समय निकालेर जिल्ला प्रशासन कार्यलय, कुश्मा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्रले संयुक्त रुपमा बजार अनुगमन गर्दा अवैद्य रुपमा राखिएको घरेलु मदिरा बरामद गरिएको थियो ।
अनुगमन टोलीले एक हप्ताको लामो प्रयास पछि ११ हजार ४ सय ७० लिटर घरेलु मदिरा नष्ट गरेको हो । अनुगमन क्रममा टोलीले १ सय भन्दा बढी घरमा अबैध रुपमा घरेलु मदिरा उत्पादन हुने गरेको भेटाएको छ । टोलिले कुश्मा नगरपालिका ५ बान्द्रबिणी, कुश्मा नगरपालिका ७ दुरसञ्चार र कुश्मा नगरपालिका ५ मेलमिलाप चोकबाट सबैभन्दा बढी अबैध मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यलय पर्बतका प्रहरी निरिक्षक दिपक थापाले बताउनुभयो । कुश्मा बजारमा घरेलु मदिराको प्रयोग बढेपछि त्यसको रोकथामको लागि प्रहरीले अनगुमन बढाएको उहाको भनाई छ ।
उहाले पटक पटक सबैलाई सचेत गराउँदा समेत अटेर गरेपछि आफुहरु अभियानका साथ अगाडि बढेको बताउनुभयो । आफुहरुले बिषेश गरि अबैध घरेलु मदिरा तयार गर्ने ठाउँहरुलाईनै लक्षित गरी अनुगमन गरिएको अनुगमनको क्रममा घरेलु मदिरा तयार पार्न भाडाकुडाँ सहित सबै समानहरु नियन्त्रणमा लिएर आईतबार जिल्ला प्रहरी कार्यलयमा मदिरामा प्रयोग गरिएको भाडा र सबै मदिरा नष्ट गरिएको उहाले बताउनुभयो ।  जिल्लामा इजाजत बिना मदिरा बिक्रि बितरण गर्न कानुनी रुपमा छुट नभएपनि अधिंकास होटल ब्यबसायीहरुले कानुनको उल्लघन गरेको समेत पाइएको छ । घरेलु मदिरा बनाउनेहरुलाई कानूनी दर्ता गरेर मात्रै मदिरा उत्पादन गर्न वा बन्द गर्नको लागि सुझाव दिएको भएपनि त्यसको पालना अझै हुन सकिरहेको छैन् । मदिरा सेवनकै कारण जिल्लामा सार्वजनिक अपराध बढेको देखिएको छ । स्थानीय रुपमा मदिराजन्य पदार्थ उत्पादन गर्न कानुनले बर्जित गरेको भएपनि लुकिछिपी स्थानीय रुपमा पनि मदिरा उत्पादन गर्ने गरेको पाइन्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी