कुश्मा नगरपालिकाकी उपप्रमुख काफ्ले दुर्घटनामा घाइते

पर्वत/कुश्मा नगरपािलकाकी उपप्रमुख सीता काफ्ले लामिछाने दुर्घटनामा परी घाइते भएकी छन्। उनी कास्कीको पोखरा–लेखनाथ उपमहानगरपालिका–३२ तल्लो गगनगौंडामा शनिबार भएको सवारी दुर्घटनामा परी घाइते भएकी हुन्। काठमाडौंबाट पोखरा आउँदै गर्दा काफ्ले सवार ना ४ च ५०५४ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार उपप्रमुखसहित उनकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री घाइते भएका छन्। घाइतेहरुको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।  जीपलाई पोखराबाट दुलेगौंडा जाँदै गरेको ना २ ख ९७८९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करपछि जीप सडकमा पल्टिएको प्रहरीले जनाएको छ। जीप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’