चर्चामा ‘सेलिब्रेटी’–दीपकराजको दाइजोदेखि साम्राज्ञीको ट्याटुसम्म

काठमाडौं/ विक्रम संवत २०७४ को आज अन्तिम दिन । वर्ष २०७४ मा केही ‘सेलिब्रेटी’ चर्चामा रहे । हास्यकालाकार धुर्मुस–सुन्तली वर्षको शुरुवात देखिनै चर्चामा रहे भने अन्य सेलिब्रेटि पनि विभिन्न कारण चर्चामा रहे ।
धुर्मुस–सुन्तलीको कव्जा

हास्यकलाकार तथा समाजसेवी धुमुर्स–सुन्तली वर्ष २०७४ भर नै चर्चामा रहे ।  कलाकारीता भन्दा उनीहरु सामाजिक कामका कारण चर्चा रहे ।

मुसहर वस्ती निर्माण गरेर बुझाएको, नमूना नेपाल निर्माण अभियानका कारण चर्चामा रहेका उनीहरु वर्षको अन्तिमतिर अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउने भन्दै चर्चामा रहे । स्टेडियम बनाउनका लागि उनीहरुले विभिन्न स्थानमा जग्गासमेत हेरेका छन् । आफ्नो ठाउमा रंगशाला बनाउन भन्दै महानगर र उपमहानगरपालिकाका मेयरहरु नै उनीहरुलाई तानानात गरिरहेका छन् ।

दीपकराजको दाइजो मोह

कलाकार एवं फिल्म निर्माता दिपकराज गिरी पनि वर्ष २०७४ मा चर्चामा रहेका सेलिब्रेटि हुन् ।

छक्का पञ्जा–२ फिल्मबाट राम्रो कमाइ गरेका उनी शत्रुगते फिल्मका कारण पनि चर्चामा रहे । तर उनको त्यो भन्दा धेरै चर्चा उनको छोरीका कारण हुन पुग्यो ।
दिपकराज गिरीले यस वर्ष आफ्नी छोरीको विवाह गराए । उनले छोरीलाई काठमाडौंमा फ्याट दाइजो स्वरुप दिए जसका कारण उनी चर्चा र विबादको केन्द्रमा रहे । धेरैले उनलाई दाइजो प्रथालाई वढावा दिएको भन्दै आलोचना गरे ।

सफल कोमल वली असफल रेखा थापा

यस वर्ष कोमल वली र रेखा थापा राजनीतिका कारण चर्चामा रहे । जसमा कोमल वलीले सफलता हात पार्दा रेखा भने जिल्ल परिन् । राप्रपामा रहेका यी दुई ‘सेलिब्रेटी’ मध्ये कोमल वली कमल थापालाई ‘धोका’ दिएर एमाले प्रवेश गरिन् । उनी प्रतिनिधिभा वा प्रदेशसभामा उम्मेदवार बन्न चाहेकी थिइन् । तर एमालेले उनलाई राष्ट्रियसभाको सदस्य बनाएको छ । राष्ट्रिय सभामा उनले बेलाबखतमा कविता सुनाउने गरेकी छिन् ।

रेखा थापा भने राजनीतिसहित फिल्मी क्षेत्रमा पनि असफल भइन् । उनको पार्टी राप्रपा प्रजातान्त्रिकले चुनावमा निकै खराव प्रदर्शन ग¥यो । रेखाले अरुले बनाएका फिल्मबाट त सफलता पाउन सकिनन् नै आफैले निर्माण गरेका फिल्मबाट पनि उनले सफलता पाउन सकिनन् । उनी अहिले लालमस्तिस्क नामक चलचित्र निर्माणमा जुटेकी छिन् ।

गजुरेल दम्पत्तिको डिभोर्स

वर्ष २०७४ मा हास्यकलाकार मनोज गजुरेल पनि चर्चामा रहे । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको अवतारमा प्रहन गरेर दर्शक हसाएका गजुरेल दम्पत्ति पारिवारीक रुपमा भने सफल बन्न सकेनन् । २० वर्ष लामो बैवाहिक जिवनमा समस्या आएपछि मनोज र उनकी पत्नीबीच डिभोर्स भयो । डिभोर्सपछि उनकी पूर्व पत्नीले गजुरेलमाथि विभिन्न आरोप लागेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल बने ।

गीत चोर्दा आपत

यो वर्ष चलचित्र ‘कृ’ सहित त्यसमा राखिएको एउटा गीत निकै चर्चामा रह्यो । संगीतकार अल्मोडाले गीतका केही लाइन चोरी गर्दा फिल्म निर्माता सुवास गिरी जेलनै परे भने उनले ११ लाख क्षतिपूर्तिसमेत तिरे ।

कृ फिल्मको उकालीमा अघिअघि बोलको गीत तीन दशअ अघि बनेको सम्झना नामक फिल्मबाट लिइएको थियो । उक्त फिल्मका निर्माता शम्भु प्रधानले कृ का निर्मातालाई मुद्दा हाले र गिरीलाई ११ लाख क्षतिपूर्ति तिराए ।
त्यस्तै त्यसअघि छक्का पञ्जा–२ को नाइलनको साडी बोलको गीतलाई पनि चोरीको आरोप लागेको थियो ।

प्रियंका र आयुष्मानको चुम्बन

प्रियंका र आयुष्मानबीचको ‘लभ अफियर’ यो वर्ष फिल्मी क्षेत्र र मिडियामा चर्चामा रह्यो । डिभोर्सि नायिका प्रियंका आफू भन्दा कान्छा आयुष्मानसँग लभमा परेपछि उनीहरुको चर्चा बढेको हो ।

एउटा कार्यक्रममा चुम्बन गरेपछि उनीहरुको प्रेमलिला छताछुल्ल भएको थियो । एउटा फिल्ममा सँगै काम गरिरहेका उनीहरुको अफेयर अझ गहिराइमा पुग्ने चर्चा चलिरहेको छ । आयुष्मानले प्रियंकाको जन्मदिनमा बग्गीमा शहर घुमाउँदा थप चर्चा चलेको थियो ।

प्रदिप खड्काका बडिगार्ड

नायक प्रदिप खड्का पनि वर्ष २०७४ मा चर्चामा रहे । थोरै फिल्मबाट पनि चर्चा रहेका उनी स्टारडम देखाउन खोज्दा आलोचनाका पात्र बने ।
चलचित्र लिलिबिलीको घोषणा कार्यक्रममा चार जना वडिगार्डसहित गएपछि फिल्म उद्योगमा उनको चर्चा र आलोचना भएको थियो । जसलाई अधिकांशले वेकामी हर्कतको संज्ञा दिए ।

राजेन्द्र खड्गीको ‘भिलेन अवतार’

पुराना द्वन्द्व निर्देशक राजेन्द्र खड्गी यो वर्ष चर्चामा रहे । विदेश लैजान्छु भन्दै रकम उठाएर मानवतस्करी गरेको आरोपमा उनी पक्राउ परे । प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर ११ जनालाई दक्षिण कोरिया पठाएर मानवतस्करी गरेको आरोपमा थुनामा परे । उनी धरौटी बुझाएर अहिले रिहा भएका छन् ।

भारतमा राजेश हमालको सेल्फी !

नेपाली चलचित्रका महानायक राजेश हमाल विश्वका धेरै देश गइसकेका छन् । तर उनको यसपटकको भारत भ्रमण भने विशेष रह्यो ।

भारत भ्रमण चर्चामा रहनुको विशेष कारण पनि थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीमा पहिलोपटक फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै उनी भारत पुगेका थिए । तर भारतमा फ्यानहरुसँग सेल्फी खिच्ने भन्दा अरु केही काम नगरेको र शो पिश मात्र भएको भन्दै समाजिक सञ्जालमा उनको मजाक उडाइएको थियो ।

साम्राज्ञीको ट्याटु

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो ट्याटुको कारण वर्ष २०७४ मा चर्चामा रहिन् । वक्षस्थलमा ट्याटु खोपाएकी उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको चर्चा भएको थियो ।

ज्योति मगरलाई प्रतिवन्ध

गायन सँगसँगै अंगप्रदर्शनका कारण चर्चामा रहने गरेकी ज्योति मगर यस वर्ष पनि चर्चामा रहिन् । गायनका कारण भन्दा पनि उत्तेजक प्रश्तुति र त्यसमा लागेको प्रतिवन्धका कारण उनी चर्चामा रहिन् । विभिन्न जिल्लामा आयोजना गरिएका स्टेज कार्यक्रमहरुमा समेत उनलाई प्रतिवन्ध लगाइएको थियो ।

उनी यसवर्ष अर्की गायिका आस्था राउतसँगको समाजिक सञ्जाल बहसका कारण पनि चर्चामा रहिन् ।

आस्थाले सामाजिक सञ्जाल मार्फत अश्लिलता फैलाउने विरुद्ध अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि ज्योतीले आस्थालाई पनि लामै जवाफ दिइन् । जसका कारण पनि ज्योति चर्चामा रहिन् ।

शंकर विसीको धम्की

म्युजिक भिडियो निर्देशक शंकर विसी पनि वर्षको अन्त्यतिर चर्चामा आए । राजधानीमा आयोजित राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता चलेको बेलामा उनले एक पत्रकारलाई कुट्ने धम्की दिएपछि विवादमा तानिएका थिए । उनले थर्काएको भिडियो युट्युवमा भाइरल भएको थियो । कतिपय उनीविरुद्ध जातपातका कुरा गदै समाजिक सञ्जालमा हल्ला गर्न मस्त भए भने विसीले त्यसविरुद्ध प्रहरी नै गुहार्नु परेको थियो ।

र, यो पनि

चर्चामा आउने अर्चना पनेरुको स्टाइल

पोर्न स्टार बन्ने भन्दै चर्चामा आएकी अर्चना पनेरु यस वर्ष पनि चर्चामा रहिन् । उनी राम्रो कामका कारण भन्दा नराम्रा र अस्लिल हर्कतका कारण चर्चामा रहने गरेकी छिन् ।

काठमाडौंको एक डान्सबारमा नाच्ने उनको आमाछोरीलाई बेलाबखतमा प्रहरीले पक्राउ गर्दा उनको चर्चा हुने गरेको थियो । पछिल्लो पटक विवाहका कारण चर्चामा रहिन् ।

अर्चनाले केही समयअघि एक अमेरिकी नागरिकसँग विवाह गरेको भन्दै सामाजिक सञ्जाल फोटो हालिन् । पोर्न स्टार बन्नका लागि अमेरिका जान चाहेको र त्यसका लागि अमेरिकी नागरिकसँग विवाह गरेको चर्चा चल्यो । उनका पति गाजासहित पक्राउ परे । तर अर्चनाले फेसबुक लाइभ गर्दै आफू अहिलेसम्म सिंगल नै रहेको र अमेरिकी नागरिकसँगको विवाह नाटक मात्र भएको बताएर चर्चामा रहिन् । उनले विवाह गरेकी हुन् कि होइनन् उनै जानुन् तर जे जस्तोसुकै गरेर भएपनि उनी चर्चा भने रहिन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’