नव नियुक्त आईजीपीले फुली लगाउन पाएनन् !

काठमाडौं । नव नियुक्त प्रहरी प्रमुख सर्वेन्द खनाल र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले बिहिबार फूली लगाउने भएका छन । गृह मन्त्रालयले बिहिबार बिहान फुली लगाउने कार्यक्रम राखेको जनाएको छ । गृहसचिवले नवनियुक्त आईजिपीलाई फूली लगाइदिने प्रचलन छ ।

नेपाल प्रहरीका महानिरीक्षकसहित १५ जना एआईजी, ९ जना डिआईजी र एक जना एसएसपीले आजबाट अवकाश पाउँदैछन् ।

अवकास पाउने सबै अधिकारीलाई एकैपटक बिदाई गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ ।

अवकास हुन लागेका एआइजीहरुमा जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजय भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङमार लामा, मधु पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायष्थ, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ, पशुपति उपाध्याय रहेका छन् ।

डिआइजीहरुमा केदारमानसिंह भण्डारी, गणेश केसी, सुदीप आचार्य, रमेश रञ्जित, रोमेन्द्रसिंह देउजा, गोविन्द निरौला, भोगबहादुर थापा, पुष्प रञ्जित र पुस्कल रेग्मी रहेका छन् । उनीहरुसँगै दुई एसएसपी पनि अवकाश पाउँदैछन् । १५ जना एआइजीले अवकाश पाएसँगै नेपाल प्रहरीमा एक जना मात्र प्राविधिकतर्फका एआइजी रहने छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’