शंकर बिसीलार्इ रगतले लेखेकाे “जस्मिन”काे चिठी

शंकर बिसी सफल मोडल एवं नृत्य–निर्देशक हुन् । ०५१ मा ‘चमेलीको तेल’को म्युजिक भिडियोबाट मोडलिङ सुरु गरेका उनले २२ सयभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । त्यस्तै, उनले पाँच हजारभन्दा धेरै गीति भिडियोमा नृत्य–निर्देशन गरेका छन् । ९० भन्दा धेरै चलचित्रमा कोरियोग्राफी गरेका छन् । यस क्षेत्रमा दुई दशकभन्दा धेरै समय बिताइसकेका उनका फ्यान पनि त्यत्तिकै छन् । कतिपय फ्यान त उनले भुलिसके, तर केही फ्यान यस्ता छन् जसलाई उनले चाहेर पनि भुल्न सक्दैनन् । तिनै फ्यानका किस्सा उनले महेश तिमल्सिनालाई यसरी सुनाए :

फ्यानलाई अटोग्राफ दिन जानिनँ
०५४ तिरको कुरा हो । म राष्ट्रिय सभागृहको एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँ मैले नृत्य प्रस्तुत गरेँ । जुन वेला म अहिलेको जस्तो पपुलर भएको थिइनँ । त्यहाँ स्कुलका विद्यार्थी पनि थिए । नाचिसकेपछि ती विद्यार्थी म भएतर्फ झुम्मिएर अटोग्राफ माग्न थाले । तर, मलाई त्यतिवेला अटोग्राफ के हो भन्ने नै थाहा थिएन । त्यहाँ अरू एक–दुईजना गायक हुनुहुन्थ्यो । मैले उहाँहरूलाई सोधेँ । उहाँहरूले ‘विथ लभ लेखेर आफ्नो साइन गर्देऊ न’ भन्नुभयो । अनि मैले त्यही गरेर दिएँ । त्यो नै मेरो जिन्दगीको पहिलो अटोग्राफ थियो ।

सुनको औँठी दिने प्रकाश
बिस्तारै म पपुलर हुँदै गएँ । यही सिलसिलामा १० वर्षअघि दुबई गएको थिएँ । त्यहाँ मेरो एकदमै डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । उहाँको नामचाहिँ प्रकाश हो । उहाँले ‘म तपाईंको डाइहार्ड फ्यान हुँ, तपाईंको हात दिनुहोस् त’ भन्नुभयो । मैले दिएँ । उहाँले त आफूले लगाएको सुनको आँैठी फुकालेर मेरो हातको औँलामा लगाइदिनुभयो । त्यहाँ डम्बर नेपाली दाइ पनि हुनुहुन्थ्यो । उहाँलाई पनि कतारमा एकजना मान्छेले एक हजार रियल दिएर भोलिपल्ट माग्न आएको रहेछ । उहाँले मलाई ‘भोलि यो औँठी माग्न आउँछ होला’ भन्नुभएको थियो । अनि म पनि माग्न आए दिने मानसिकतामा थिएँ । तर, उहाँ माग्न आउनुभएन । जुन औँठी मैले अहिले पनि लगाइरहेको छु ।

मेरो कानमा पाँच सयको नोट राखेर सेल्फी हान्ने पाल्पाका फ्यान
आजभन्दा चार वर्षअघि म पाल्पाको एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँ भर्खरै मलेसियाबाट आएका दुईजना केटा मेरोछेउ आएर हामी तपाईंको एकदमै ठूलो फ्यान हुँ भन्न थाले । अनि मैले धन्यवाद भनेँ । उनीहरूले मोबाइलमा २० वटाजति मेरै गीत पनि देखाए । अनि उनीहरूले तपाईंलाई हामी केही दिन सक्छौँ भने । मैले के दिने भनेर सोधेँ । उनीहरूले पैसा दिन सक्छौँ भने । मैले हुन्छ भनेँ । एकजनाले खल्तीबाट एउटा पैसाको ठूलो बिटो निकाले । त्यो बिटोमा सायद ६०–७० हजार थियो होला । मैले धेरै दिन लाग्यो क्यारे भन्ने सोचँे । तर, सबै नोट गनेर अन्त्यमा पाँच सयको नोट निकालेर अरू पैसाचाहिँ खल्तीमा हाल्यो । त्यसपछि यो पैसा मैले तपाईंको कानमा लगाइदिन सक्छु भन्नुभयो । मैले हुन्छ भनेँ । उहाँले मेरो कानमा पाँच सयको नोट लगाइदिनुभयो । अनि अब एउटा सेल्फी हान्न सक्छु भन्नुभयो । मैले हान्नुस् न भनेँ । त्यसपछि मेरो कानमा पैसा राखेर सेल्फी खिचेर हिँड्नुभयो । मलाईचाहिँ अचम्म लाग्यो । किनभने उहाँले पाँच सय नै दिनु थियो त त्यत्रो पैसा किन गनेको होला ।

कपडा किनिदिने पोखराकी पुनम
पोखरामा मेरो एकजना पुनम भन्ने फ्यान हुनुहुन्छ । उहाँले मेरो नम्बर कहाँबाट पाउनुभएछ । फोन गरेर म तपाईंको ठूलो फ्यान हो, म तपाईंलाई कपडा किनिदिन्छु तपाईंको कम्मर कति हो भनेर सोध्नुभयो । मैले मेरो कम्मरको बारेमा भनेँ । ‘तपाईंलाई एउटा नम्बरबाट फोन आउँछ सामान रिसिभ गर्नुहोला है’ भन्नुभयो । त्यसको एकछिनपछि मलाई एउटा माइक्रो ड्राइभरले फोन गर्नुभयो । अनि म त्यो माइक्रोमा चढेर गएँ । ड्राइभरले एउटा पसलमा पु¥यायो । त्यहाँ त मलाई ५–६ वटा टिसर्ट, पाइन्ट किनिराख्देको रहेछ । उहाँले मलाई फेरि फोन गरेर कपडा ‘पाउनुभयो’ भनेर सोध्नुभयो । मैले ‘पाएँ’ भनेँ । उहाँ अहिले बेल्जियमतिर हुनुहुन्छ । तर, हाम्रो प्रत्यक्ष रूपमा भेटघाट भएको छैन ।
आई लभ यू भनेर रगतले चिठी लेख्ने जस्मिन
मैले करिअर सुरु गर्दा अहिलेको जस्तो फोन, सामाजिक सञ्जालको व्यापकता थिएन । त्यसवेलामा सम्पर्क गर्ने माध्यम भनेको चिठी, चपेटा नै हुन्थे । त्यसैले मलाई पनि मेरा फ्यानहरूले चिठी पठाउनुहुन्थ्यो । जुन वेला म परिवर्तन नेपालमा डान्स सिकाउँथेँ । त्यतिवेला एउटा पूर्वबाट जस्मिन नाम गरेको केटीले मलाई रगतले लेखेको चिठी पठाउनुभएको थियो । त्यसमा उहाँले ‘मलाई तपाईं एकदमै मनपर्छ, तपाईंको नृत्य पनि निकै मनपर्छ’ भन्दै आई लभ यू लेखेर पठाउनुभएको थियो ।

म्याग्दीका युवतीले गालामा किस गरे
आजभन्दा ३ वर्षअघिको कुरा हो । म म्याग्दीको एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँ मेरो थुप्रै केटी फ्यान हुनुहुँदो रहेछ । उहाँहरू मलाई देखेर झुम्मिन आउनुभयो । उहाँहरूले हामी तपाईंको एकदमै ठूलो फ्यान हाँैँ । ‘हामी तपाईंको गालामा किस खान्छाँै नि’ भन्नुभयो । मैले हुन्छ भनेँ । उहाँहरूले मेरो गालामा किस गरेर जानुभयो ।

दुई झोला कपडा किनिदिने जापानकी युवती
जापानको एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँचाहिँ मेरो एकजना युवती डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । अनि उहाँले मलाई भेट्नुचाहिँ भएन । तर, उहाँले मलाई एकजना मान्छेमार्फत दुई झोला कपडा किनेर पठाइदिनुभएको रहेछ । यसरी फ्यानहरूले माया गरेको देख्दा गर्व महसुस हुन्छ ।नयाँपत्रिका दैनिकबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’