प्रहरीको नयाँ आईजी सर्वेन्द्र, सशस्त्रमा शैलेन्द्र

काठमाडौं । प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनालको नाम सिफारिस भएको छ । बालुवाटारमा बसेको बढुवासिफारिस समितिको बैठकले प्रहरीको नयाँ आईजीपीमा खनालको नाममा सहमति जुटाएको हो।

यस्तै, सशस्त्रको आईजीपीमा शैलेन्द्र खनालको नाम सिफारिस भएको छ। सशस्त्रमा अर्का दाबेदार पुष्पराम केसी दावेदार थिए । बालुवाटारमै बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे औपचारिक निर्णय गर्ने छ ।

बैठक बस्ने तयारी भईरहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। बालुवाटारमा बसेर गृहमन्त्रीले प्रधानमन्त्रीसँँगको परामर्शमा निर्णय लिएका हुन ।

प्रहरीमा आईजीपीको दाबेदार खनालसँगै, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी