भरतपुर १० का वडाध्यक्ष भण्डारीमाथि आक्रमण,आक्रमणकारीले मोविल छर्केर भागे

चितवन/भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष अरुणपिडित भण्डरीमाथि आक्रमण भएको छ । उनी आफ्नो बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर चढ्न लागेका बेला पछाडिबाट आएको एक समुहले आक्रमण गरेको हो ।

अज्ञात व्याक्तिले मोविल छर्कनुका साथै ढुंगाले हानेर भागेको वडाध्यक्ष अरुणपिडित भण्डारीले नारायणी अनलाइनलाई बताए ।उनको टाउकोमा चोट लागेको छ । भण्डारीको अवस्था सामान्य रहेको र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । भण्डारीमाथि आक्रमण गर्नेको पहिचान भएको छैन ।

नारायणगढको सिद्धी आयल स्टोर्समा पेट्रोल भर्ने क्रममा उनलाई स्कुटरमा आएको एक अपरिचित व्याक्तिले पछाडिवाट मोविल खन्याएर भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पेट्रोलपम्पको सिसिटिभीको भिडियोका आधारमा घटनामा संलग्नको खोजिकार्य तिव्र पारिएको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’