‘नमुना बिद्यालय’ नवजागृत माबिका यस्ता छन सुधारका नयाँ योजनाहरु


पर्वत /पर्वत जिल्लामै नमूना सामुदायिक बिद्यालयको रुपमा स्थापित भएको तिलाहार स्थित नवजागृत माध्यामिक विद्यालयले शैक्षिक सुधारका थप योजनाहरु सार्वजनिक गरेको छ ।
बिद्यालयले आधारभूत देखि माध्यामिक तह र प्राबिधीक तर्फ सुधारका योजनाहरु बिद्यालयले सार्वजनिक गरेको हो ।
विद्यालयले विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउन बिहानी र दिवा कोचिङ कक्षाको सुविधा सहित, आधारभूत तहमा निशुल्क स्टेशनरी समेतको ब्यवस्थापन गर्ने, स्मार्ट कक्षा संचालन गर्ने, प्राविधिक धारतर्फ ११ र १२ कक्षा संचालन गराउने लगायतका अल्पकालीन तथा दिर्घकालीन योजना सार्वजनिक समेत गरेको छ ।
बिद्यालयले दिएको जानकारी अनुसार बालबिकास केन्द्र देखि ५ सम्म बालमैत्री कक्षाकोठा ब्यबस्थापन गरि मन्टेश्वरी माध्यममा पढाउने योजना बनाएको छ भने तीन बर्ष भित्र सबै कक्षाकोठामा डिजीटल प्रबिधीबाट अध्यापन गराउने भएको छ । बिज्ञान प्रयोगशाला, पुस्तकालय र आगामी शैक्षिक सत्र देखि कक्षा ११ मा सिभील इन्जिनियरीङ्ग पढाउने र पाँच बर्ष भित्र कक्षा ११ र १२ मा बिज्ञान संकाय समेत पढाउने योजना बनाएको छ ।


बिद्यालयले बाल बिकास केन्द्र देखि ५ कक्षा सम्म अंग्रेजी माध्यममा पढाउँदै आाएको छ भने कक्षा ६ देखि १० सम्म अंगे्रजी र नेपाली माध्यममा पढाउँदै आएको छ । बिद्यालयमा ६ कक्षामा अध्य फिडर बिद्यालयबाट आउने बिद्यार्थीहरु नेपाली माध्यमबाट पनि आउने भएकाले अभिभावक र बिद्यार्थीको चाहना अनुसार दुबै माध्यम मध्ये छनौट गरेर अध्यापन गराउँदै आएको प्रधानाध्यापक बिष्णुप्रसाद सुबेदीले बताए । ‘बिद्यार्थीले जुन माध्यममा पढ्ने चाहना गर्छ उही माध्यममा पढ्ने सुबिधा दिएका छौ’ उनले भने ‘बिद्यार्थीको क्षमता र बुझाईका आधारमा अध्यापन गराउने भएकाले समस्या परेको छैन’ यो बिद्यालयले अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएका कारण धेरै निजी बिद्यालयका बिद्यार्थी पनि आउने गरेका छन ।
बिद्यालयमा ६ सय ५७ बिद्यार्थीले अध्ययन गरिहेका छन । बिद्यार्थीका लागि यातयातको समेत सुबिधा दिएकाले पर्वतको मोदीगाउँपालिका लगायत कास्कीको अन्नपुर्ण गाउँपालिकाको नयाँपुल, बिरेठाँटी र ढावा सम्मका बिद्यार्थी समेत अध्ययनका लागि आउने गरेको बिद्यालयले जनाएको छ । यसबर्षको एसइइ परिक्षामा ८० बिद्यार्थी सहभागी भएका छन । त्यस मध्ये २४ जना प्र्राबिधीक तर्फ सिभिल इन्जिनियरीङ्गका बिद्यार्थी छन ।
बिद्यालयले पाँच बर्ष देखि लगातार रुपमा पर्वतमा सामुदायिक तर्फ उत्कृष्ट बिद्यालय बन्दै आएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकेन्द्र जंग लामिछानेले बताए ।‘स्थापनाकाल देखि नै उत्कृष्ट रहेको बिद्यालयलाई प्रदेशकै उत्कृष्ट बिद्यालय बनाउने गरि काम थालेका छौ’ उनले भने ‘सामुदायिक बिद्यालयमा सबै सुबिधा उपलब्ध गराएर अध्यापन गराउने प्रयासमा सफल हुँन्छौ भन्ने बिश्वास छ’ गाउँपालिकाले ११ र १२ कक्षाको अनुमति दिएमा उनीहरुले थप ३ बर्ष प्राविधिक विषय विद्यालयमा अध्यापन गराइने उनको भनाई छ । शैक्षिक सुधारका लागि बिद्यालयले निजी स्रोतमा ७ जना शिक्षक राखेर अध्यापन गराउँदै आएको छ ।
प्राबिधी बिषयममा कक्षा ११ चलाउनका यसका लागि गाउँपालिकामा विद्यालयले अनुमतिको माग गरि पत्र बुझाएको र गाउँपालिकाको शैक्षिक नियमावली तयार भएपछि विद्यालयलाई अनुमती प्रदान गरिने मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले बताए ।
‘अर्नगल प्रचारबाजी भयो’


जिल्लाकै नमूना मानिएको सामुदायिक विद्यालयलाई कम्जोर बनाउन र बिद्यालयको शैक्षिक वातावरण धमिलो बनाउने तत्व सक्रिय भएर बद्नाम गराउन लागेको आरोप बिद्यालयले लगाएको छ । यस बर्षको एसइइ परिक्षामा अंग्रेजी, नेपाली र प्राबिधीक बिषयका बिद्यार्थीको सिम्बोल नम्बर फरक फरक तरिकाले पठाएको आरोप लगाउँदै आंगेजी माध्यम र नेपाली माध्यममा बिभेद गरिएको समाचार बिभिन्न सञ्चार माध्यमबाट आएका थिए । उक्त कार्य नियमबिपरित नभएको दाबी बिद्यालयको छ । अंग्रेजी र नेपाली माध्यममा पठनपाठन चलाउँदै आएका बिभिन्न बिद्यालयले सोही अभ्यास गर्दै आएको अध्यक्ष लोकेन्द्रजंग लामिछानेले बताए । नयाँ शैक्षिक सत्रमा आएका यस्ता समाचारका कारण विद्यालयमा विद्यार्थीको आकर्षण घटाउने नियत भएको बताउँदै उनले भने –‘ विद्यालय गुणस्तरमा प्रतिस्पर्धा गर्न तयार छ, अनर्गल र उक्साहटमा अएका विद्यालय विरोधी सबै समाचारहरु तथ्यहिन छन् ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’