एकतामा आधा – आधा अनुपात , एकता भाँड्ने नियत की सहअस्तित्वको खोजी ?

काठमाडौं/माओवादी केन्द्रले केन्द्रमा बराबरी अर्थात आधाआधाको आधारमा मात्र पार्टी एकता गर्ने प्रस्ताव राखेपछि एमाले माओवादी एकता प्रकृयामा नयाँ ट्वीष्ट आएको छ ।

राजनीतिक प्रतिवेदन र विधान मस्यौदा तयार पार्ने काम सकिसकेको भए पनि केन्द्रमा नेताको संख्याको विषयले एकता प्रकृया अल्मल्याएको हो । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुअघि नै पार्टी एकता टुङ्गोमा पुर्‍याउने भनिए पनि प्रकृया नसकिएको भन्दै आउँदो बैशाख ९ का लागि एकताको मिति सारिएको छ । तर बैशाख ९ गते पार्टी एकता घोषणा गर्न बाँकी प्रक्रिया भने खासै अघि बढ्न सकेको छैन ।

एकतापछि बन्ने पार्टीको केन्द्रीय समितिमा दुवै पार्टीका नेताको अनुपात कति रहने भन्ने विषयमा दुवै पार्टीका बेग्लाबेग्लै अडान छन् । एमालेले आफ्नो पार्टीमा अहिले रहेको केन्द्रीय सदस्य सख्यामा माओवादीका ९९ जना थपेर एकता गर्ने प्रस्ताव राखेको छ । यसअनुसार एकतापछि बन्ने पार्टीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय बन्नेछ । जसमा माओवादीका केन्द्रीय सदस्य एक तिहाइ मात्र हुनेछन् ।

तर माओवादीले भने केन्द्रीय समितिमा बराबरी सदस्य हुनुपर्ने अडान कायम राखेको छ । कार्याकर्ता एमालेका बढी भए पनि नेता माओवादीका धेरै रहेको भन्दै अध्यक्ष प्रचण्डले जिल्ला तथा स्थानीय तहमा पार्टीको प्रभाव क्षेत्रका आधारमा संख्या समायोजन गर्न सकिने तर केन्द्रमा भने बराबरी हुनुपर्ने अडान राख्नुभएको हो ।कार्यदलले संख्याको विषयमा मोटामोटी सहमति गरे पनि यसलाई अन्तिम रुप दिने र संख्याको अनुपात मिलाउने विषय पनि शीर्ष नेतालाई नै छोडेको छ ।

माओवादीको अभ्यास
सशस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिमा अवतरण भएको माओवादी २०६२ देखि २०७४ सम्मको १२ वर्षे यो अवधिमा टुक्रिने र जोडिने क्रम चलिरहेको छ । पहिलो संविधासभा चुनावपछि २०६५ को सुरुवातमा नेकपा एकता केन्द्र मसालसँग माओवादीको एकता भयो । नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा रहेको मसाल माओवादीसँग एकता भएपछि पार्टीको नाम एकिकृत नेकपा माओवादी राखियो । श्रेष्ठ पार्टीको उपाध्यक्ष बन्नुभयो ।

माओवादीसँगको एकताका क्रममा अरु दललाई माओवादीले ५०/५० को अनुपात दिएन । हुन त ती दलले पनि त्यस्तो माग गरेर च्याँखे थापेनन् । मसाल एकता प्रकृयामा आउँदा पार्टीको नाम अगाडि एकिकृत थप्नु बाहेक पदाधिकारी कति संख्यामा राख्ने भन्ने विवाद आएन ।

यस्तै पछिल्लो पटक झण्डै ७ वर्षसम्म नेकपा माओवादी पार्टी सञ्चालन गरेर एकतामा फर्केका मातृका यादव पनि हैसियत अनुसार बराबरी पदाधिकारी सम्मिलित हुनुपर्छ भनेर एकता भाड्ने मुडमा पुगेनन् । यादवसहितका केही नेताले मात्रै केन्द्रीय सदस्यमा बस्ने अवसर पाए । जिल्ला तहमा अझै पनि दुवै पार्टीबीच पूर्ण रुपमा एकता भइसकेको छैन ।

आफूभन्दा केही सानो देख्नेवित्तिकै प्रचण्ड नेतृत्वको माओवादीले अरुलाई यो त पार्टी नै होइन भन्ने जस्तो व्यवहार देखाउने गरेको तत्कालिन मातृका यादव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य रहेकका छोटेलाल यादवको भनाई छ ।

माओवादीको जनमत
तीनै तहको चुनावमा प्राप्त मतलाई हेर्दा माओवादीले एमालेभन्दा आधा भन्दा पनि कम मात्र मत पाएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८० सिट जित्दा माओवादी ३६ सिट जितेको छ भने समानुपातिकमा एमालेले ४१ र माओवादीले को जम्मा १७ सिट छ ।

भातृ संगठन माओवादीका धेरै
भातृ संगठनको संख्याका हिसाबले हेर्ने हो भने माओवादी एमालेको भन्दा ठूलो छ । माओवादीका २४ वटा भातृ संस्था छन् भने एमालेका २२ वटा संगठन क्रियाशिल छन् ।

विद्यार्थी, निजामती, चिकित्सक, स्वास्थ्यकर्मी, प्राध्यापक, शिक्षक, ट्रेड युनियन, किसान संघ, युवा संघ र वाइसिएल लगायतका नाममा दुबै पार्टीका भातृ संगठन कृयाशिल छन् ।

एकताको आधार जनमत
निर्वाचनमा देखिएको जनमत र प्रभावका आधारमा दुवै दलबीच केन्द्रदेखि स्थानीय तहसम्म एकताको मोडल बनाउनुपर्ने एमाले नेता बेदुराम भुषाल बताउनुहुन्छ ।माओवादीले आफ्नो धरातल नै नहेरी आधा आधा अनुपातको कुरा उठाउनु एकता नगर्ने षड्यन्त्र मात्रै भएको उहाँको टिप्पणी छ ।

तर माओवादीले भने ठूलो पार्टीमा सानो पार्टी मिसिएको हो भन्ने खालको एकता मान्न नसकिने भन्दै दुई दलका विचार नीति र सिद्धान्तमा सहअस्तित्वको अवधारणालाई आत्मसाथ गर्नुपर्ने तर्क गरिरहेको छ । माओवादीभित्रैबाट एकताका नाममा सवै कुरा एमालेले भनेको जस्तो मात्र हुने हो भने एमालेसँग पार्टी एकता नभई पार्टीको विलय हुने भएकाले त्यो मान्न नसकिने दबाब अध्यक्ष प्रचण्डलाई परिरहेको छ ।

यो विषय प्रधामन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कसरि निम्ट्याउने हुन् त्यो हेर्न भने बाँकी छ ।उज्यालो अनलाइनले गरेको कुराकानीमा आधारित  

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी