छोराको आशमा बुवा बने ७७ वर्षीय चक्रलाल , फेरी पनि छोरी नै

पर्वत / छोराले काजक्रिया नगरेसम्म स्वर्गमा गइँदैन भन्ने समाजमा विद्यमान मान्यताकै कारण बाग्लुङको दबाङखोला गाउँपालिकाका चक्रलाल छन्त्याल ७७ वर्षको उमेरमा बुवा बनेका छन्। बुढेकालमा बुवा बने पनि उनको चाहना भने पूरा भएन। चक्रलालकी ३९ वर्षीया श्रीमती वीरमति छन्त्यालले शुक्रबार पोखरास्थित गण्डकी मेडिकल कलेजमा दोस्रो सन्तानको रुपमा छोरी जन्माएकी छन्। पोखराको गण्डकी मेडिकल कलेजमै रहेका छन्त्यालले टेलिफोनमा भने, ‘छोरो पाउने त भनेको हो छोरी भई, ठिकै छ भगवानले जे दियो उही जाती।’ उनले बुर्तीवाङ र गण्डकी अस्पतालमा श्रीमती गर्भवती रहेका बेला परीक्षण गर्न गएका बेला डाक्टरलाई के छ भनेर सोधेका रहेछन्। ‘डाक्टरले जाँच्न मिल्छ तर भन्न मिल्दैन भने,’ उनले भने, ‘पेटमा के छ भन्ने थाहा नै दिएनन्, भन्न मिल्ने कानुन छैन भने।’ चक्रलालकी श्रीमती बीरमतीले फोनमा भनिन, ‘उहाँले त छोरा पाउने भन्नुहुन्थ्यो, छोरी भयो। ठिकै छ म त खुसी छु। जे भए पनि आफैले जन्माएको त हो।’ भूतपूर्व भारतीय सेना छन्त्यालको पहिलो श्रीमतीबाट एउटी छोरी छन्। उनी ५१ वर्ष पुगिन्। उनकी दुई छोरी छन्। पहिलो श्रीमतीको पेटमा देखिएको समस्याका कारण मृत्युभएपछि छन्त्यालले वीरमतिलाई विवाह गरेका हुन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’