वैशाख ९ गते पार्टी एकीकरण लाखौंकाे उपस्थितिमा टुँडिखेलमा हुन्छ : नेता नेपाल

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वैशाख ९ गते एमाले र माअाेवादीबीचकाे एकीकण निश्चित भइसकेकाे बताएका छन्। कम्युनिस्ट नेता लेनिनकाे जन्मदिन अर्थात अप्रिल २२ का दिन पारेर पार्टी एकीकरण गर्ने तयारीमा रहेकाे एमाले र माअाेवादी पर्वत काठमाडौं सम्पर्कमञ्चले अायाेजना गरेकाे कार्यक्रममा बताएका हुन्। उनले राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पार्टी एकीकरण संयाेजन समितिलाई बुझाइसकेकाे नेपालले बताए। ‘दुई पार्टी एकीकरणका लागि लगभग तयारी पूरा भएकाे छ। कुनै अफवाह र हल्लाका पछाडी नलाग्नुस्,´ उनले भने, ‘केही प्रवाधिक विषय मात्रै मिल्न बाँकी हाे।’ उनले वैशाख ९ गते दुई पार्टीका लाखाैं नेता कार्यकर्तालाई टुँडिखेलमा हुने एकीकरणमा सहभागी हुन अाह्वान गरे। ‘पार्टीको एकीकरणकाे एेतिहासिक कार्यक्रम लाखौंकाे उपस्थितिका साथ टुँडिखेलमा हुँदैछ,’ उनले भने, ‘कुनै अाशंका नगरी सबैलाई उपस्थित अाग्रह गर्दछु।’ कार्यक्रममा पर्वतबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिएकाे थियाे।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’