कानुन बनाउन र कार्यन्वयन गर्न सरकारलाई दबाब दिन्छु : अध्यक्ष तिमिल्सिना

पाेखरा। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान बमाेजिमका कानुनहरू निर्माण गर्ने र सरकारलाई कार्यन्वयन गर्न दबाब दिने बताउनुभएको छ।
पर्वत मिलन समाज पाेखराले शनिबार यहाँ अायाेजनामा गरेकाे एक कार्यक्रममा बाेल्दै तिमिल्सिनाले कानुनकाे अभावमा स्थानीय, प्रदेश र संघीय सरकारलाई काम गर्न अफ्ट्यारो परेकाे गुनासाे अाएकाले संसदमार्फत छिटोभन्दा छिटाे कानुन निर्माण गर्न लागिपर्ने बताउनुभएको हाे।
तीन चरणकाे निर्वाचन सम्पन्न भई देश स्थायीत्व र समृद्धिकाे बाटाेमा अगाडि बढ्ने अठाेट गरेकाेले कानुनका कारण बाधा पुग्न नहुने बताउनुभयाे। उहाँले नयाँ जनादेश प्राप्त सरकारले पनि समृद्धिलाई मुख्य मुद्दा बनाएकाले संसदले छिटाे कानुन दिएर सरकारलाई सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।
‘संविधानअनुसार गठित स्थानीय, प्रदेश र संघीय सरकारले संविधान बमाेजिमकाे अधिकार प्रयाेग गरेर अगाडी बढ्नुपर्छ,’ उहाँले भन्नुभयाे।
त्यसैगरी अध्यक्ष तिमिल्सिनाले नेपाली समाजमा भ्रष्टाचार संस्थागत हुँदै गएकाेमा चिन्ता व्यक्त गर्नुभयाे। ‘नेपालमा भ्रष्टाचार संस्कृति रूपमा भित्रिएका छ,’ उहाँले भन्नुभयाे, `जागिर खान, पढ्न पढाउन घुस खुवाउनुपर्ने, कर तिर्दापनि घुस खुवाउनु पर्ने। यस्ता कुराहरूकाे अन्त्य गर्नुपर्छ ।´

उहाँले प्राकृतिक श्राेत र साधन भरिपूर्ण नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण नरहेकाे बताउनुभयाे। ‘हाम्रोमा वनजंगल, हावापानी, खाेलानाला जस्ता अनुपम श्राेतहरू रहेका छन् यिनीहरूकाे उपयाेग गर्नुपर्ने छ,’ उहाँले भन्नुभयाे।

त्यस्तै प्रदेश ४ काे विकासकाे लागि काेरलादेखि त्रिवेणी सुस्ता सडकलाई द्रुत हिसाबले अगाडि बढाउनु पर्ने बताउनुभयाे ।

उहाँले अाफ्नाे गृह जिल्ला पर्वतमा धेरै बुद्धिजिवी रहेकाे छ बताउँदै यसलाई उचित ढंगले परिचालन गर्नुपर्ने बताउनुभयाे।
‘राष्ट्रिय सभाकाे अध्यक्षमा उम्मेदवारी दिनु अगाडि नै पार्टीकाे जिम्मेवारीबाट राजिनामा दिएकाे हुँ म अहिले साझा मान्छे हाे,’ उहाँले भन्नुभयाे, ‘राम्रा कुरामा प्रतिपक्षलाई पनि साथमा लिएर अगाडि बढ्छु ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी