बोआओ सम्मेलन आजदेखि शुरू, नेपाल सहभागी भएन

काठमाडौँ/ एसिया महादेशका मुलुकहरूको अर्थतन्त्र एक-आपसमा निकट होउन् र विकासबारे साझा अवधारणा निर्माण गर्न सघाउ पुगोस् भनेर स्थापना गरिएको मञ्च हो ‘बोआओ फोरम फर् एसिया’ (बीएफ्ए) । चीनले यसलाई नाफा नकमाउने अन्तर्राष्ट्रिय संस्थाको रूपमा सञ्चालित होओस् भनेर व्यवस्था गरिदिएको छ ।
बोआओ फोरम चीनको हाइनान् प्रान्तको सानो शान्त र सुन्दर बोआओ शहरमा मुख्यालय भएको संस्था हो ।
यसले सन् २००२ देखि नियमित रूपमा हरेक वसन्त ऋतुमा बोआओ सम्मेलनको आयोजना गर्दै आएको छ । नेता, प्रशासक, पत्रकार र फोटोग्राफरहरूको जमघट देख्दै आएको छ । एक हजार वर्षको इतिहास बोकेको बोआओलाई सन् २००१ मा बोआओ सम्मेलनस्थल बनाइएको हो । यो एसियाली मञ्चको उद्‌घाटन त्यसै वर्ष २७ फेब्रुअरीमा भएको थियो जसमा नेपालको तर्फबाट तत्कालिन राजा वीरेन्द्र शाह सहभागी भएका थिए ।
बोआओ फोरम नामक मञ्च स्थापना गर्ने प्रस्ताव सन् १९९८ मा यी महानुभावहरूले गरेको अभिलेखले देखाउँछ :–फिलिपिन्सका राष्ट्रपति फिदेल रामोस, अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बब होक् र जापानका पूर्व प्रधानमन्त्री मोरिहिरो होसोकाआ ।
यसवर्ष बोआओ सम्मेलन आज आइतवार अर्थात् ८ अप्रिलमा शुरू हुँदैछ जसको उद्‌घाटन राष्ट्रपति सि जिनपिङले गर्दैछन् । ११ अप्रिलमा सकिने यस सम्मेलनमा यसपालि नेपाल सहभागी नहुने भएको छ । यसअघि राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्रीहरूले भाग लिएका हुन् तर यसपल्ट प्रधानमन्त्री ओली भारत भ्रमणमा छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण गराउने तयारी भएको देखिँदैन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’