मेस्सीको ह्याट्रिक, बार्सिलोना उपाधि नजिक

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले अपराजित यात्रालाई कायम राखेको छ । शनिबार राति भएको खेलमा लेगानेसलाई ३ – १ ले हराउँदै बार्सिलोनाले अपराजित यात्रा कायम राखेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले ह्याट्रिक गोल गरे । मेस्सीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । लेगानेसका नविल एल जहरले एक गोल फर्काए ।

नाउ क्याम्पमा खेलको २७ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । यो फ्रिकिक गोलसँगै मेस्सी सन् २००६ को सिजनपछि ला लिगामा एकै सिजन फ्रिकिकमा ६ गोल गर्ने पहिलो खेलाडी बने । सन् २००६ को सिजन रोनाल्डिन्होले फ्रिकिकबाट ६ गोल गर्दै किर्तिमान बनाएका थिए । त्यसपछि खेलको ३२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २ – ० को अग्रता दिलाए ।

पहिलो हाफमा २ – ० ले पछि परेको लेगानेसले दोस्रो हाफमा एक गोल फर्कायो । खेलको ६८ औं मिनेटमा लेगानेसका जहरले गोल गर्दै खेल २ – १ मा ल्याए । तर, खेलको ८७ औं मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई ३ – १ को जित दिलाए । योसँगै मेस्सीले आफ्नो करियरको ४५ औं ह्याट्रिक पुरा गरेका छन् ।
यो जितसँगै बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ । जितपछि बार्सिलोनाले ३१ खेलबाट ७९ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १२ अंकले अघि रहेको छ । एथ्लेटिकोको ६७ अंक रहेको छ । पराजित लेगानेस ३६ अंक जोडेर लिगको चौधौं स्थानमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’