अर्चना पनेरुका ‘श्रीमान्’ पक्राउ
काठमाडौं/ ‘पोर्नस्टार’ बन्छु भन्दै चर्चामा आएर केही फिल्ममा अभिनय गरेकी अर्चना पनेरुका ‘श्रीमान’ पक्राउ परेका छन् । अर्चनाले केही समय श्रीमान् भनेर तस्बिर सार्वजनिक गरेका अमेरिकन नागरिक उल्फ प्राइसलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंमा घर भाडामा लिएर अश्लील कार्य गरेको भन्दै प्रहरीले ५३ वर्षीय उल्फलाई पक्राउ गरेको हो । काठमाडौंको बलम्बुमा एक घर भाडामा लिएका उल्फले अश्लील कार्य गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले बताए ।
डिएसपी थापाका अनुसार उल्फले भाडामा लिएको घरबाट गाँजा, कण्डमलगायत यौनजन्य सामग्रही बरामद भएको छ । उल्फले भाडामा लिएको घरमा युवती ल्याएर यौनजन्य कार्य गरेको भन्दै स्थानीयले प्रहरीमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । उल्फलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।