नेपाली स्पिनीर सन्दीप दिल्ली डेयरडेभिल्सका टिममा पर्ने सम्भावना छ-प्रशिक्षक पोन्टिङ

नेपाली युवा स्पिनर सन्दीप लामिछाने प्लेइङ ११ मा पर्ने सम्भावना रहेको दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले बताएका छन्। दिल्ली डेयरडेभिल्सले बिहिबार आयोजना गरेको पत्रकार सम्मेनलमा बोल्दै प्रशिक्षक पोन्टिङले सन्दीपले बलिङमा दिनप्रतिदिन सुधार गर्दै गईरहेकोले उनी प्लेइङ एघारमा पर्ने सम्भावना रहेको बताएका हुन्।

आईपीएल सुरु हुनुअघि दिल्लीले आयोजना गरेको पत्रकार सम्मेलनमा सन्दीपबारे प्रशिक्षक पोन्टिङले सन्दिपले आफूलाई निखार्दै लगेका कारण टिममा पर्ने सक्ने सम्भावना रहेको समेत प्रशिक्षक पोन्टिङले बताएका हुन्।

स्याण्डी (सन्दीप) निपुण स्पिनर क्रिकेटर भएको भन्दै उनले सन्दीपको राम्रो तारिफ गरे। ‘उसले अभ्यासमा निकै राम्रो गरिरेहको छ । युवा छ, अभ्यासमा नथाक्ने जोश देखिएको छ । सन्दीपले आफूलाई दिन प्रतिदिन प्रगति गर्दै गैरहेको छ,’ उनले भने।

यस्तै प्रशिक्षक पोन्टिङले सन्दीप क्रिकेटमा उदाउँदा खेलाडी भएको भन्दै उनले सन्दीपसँग टिमलाई चाहिएको बेला उचित बलिङ गर्न सक्ने क्षमता भएको बताए।

उनी आफ्नो टिमको राम्रा बलर भएको भन्दै यदि कोहि खेल्न नसक्ने भएमा उनी सहि विकल्प हुने बताए।

शनिबारदेखि सुरु हुने इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका लागि लेग स्पिनर सन्दीप हाल दिल्लीको टिममा छन्।

सन्दीपलाई दिल्लीले अक्सनबाट २० लाख भारतीय रुपैयाँमा किनेको थियो। सन्दिपको टोली दिल्लीले आइतबार किंग्स इलाभेन पन्जाबसँग माहोलीमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज