पार्टी घोषणा तयारी समिति बनाउँदै एमाले–माओवादी


एमाले र माओवादीले एकीकृत पार्टी घोषणा तयारीका लागि समिति बनाउँदै छन् । विवादित विषयमा लगभग सहमति जुटिसकेकाले पार्टी घोषणा समिति बनाउन लागिएको हो । कार्यदलले मिलाउन नसकेका विषयमा सहमति गर्न एकता संयोजन समितिको बैठक आज (बिहीबार) बिहान ९ बजे बालुवाटारमा डाकिएको छ ।

बिहीबार विवादित दुई विषयमा सहमति जुटे पार्टी घोषणासभाको तयारीका लागि दुवै पार्टीका नेता सम्मिलित एउटा समिति बनाउने योजना छ । माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले एकता घोषणा तयारीका लागि समिति बनाउने जानकारी गराएको नेता देवेन्द्र पौडेलले बताए ।

‘धेरै विषय लगभग मिलिसकेको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘पार्टी एकताका लागि माहोल बनाउन तपाईंहरू सबै लाग्नुहोस् ।’ पार्टी एकता सांगठनिक रूपमा समानताका आधारमा हुने भन्दै प्रचण्डले कमजोर भएर एकता नहुने बताए ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’