एमालेले पार्टी एकता अगाडी बोलायो पोलिटब्युरो र केन्द्रिय समितिको बैठक

फाइल फोटो

काठमाडौं/सत्तारुढ एमालेले एकीकृत नेकपा माओवादी केन्द्रसँगको पार्टी एकीकरण अघि अन्तिम केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक बोलाएको छ ।
बुधवार बसेको स्थायी कमिटी बैठकले आगामी वैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
एमाले र माओवादीबीच बैशाख ९ गते पार्टी एकीकरण गर्ने लगभग सहमति भइसकेको छ । सोही आधारमा एमालेले एकता अघि केन्द्रीय कमिटी र पोलिटब्युरोको अन्तिम बैठक बोलाएको हो ।
एमाले प्रचार बिभाग प्रमुख तथा सचिव योगेश भट्टराईका अनुसार स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि भएका प्रगतिबारे जानकारी गराउनु भएको थियो । एकताका लागि अब धेरै समस्या नरहेको भन्दै केही प्राबिधिक बिषय चाँडै टुंगो लाग्ने बताउनु भएको थियो ।
पार्टी एकताका लागि अब धेरै समस्या छैन, कही प्राबिधिक बिषय रहेका छन, तिनको चाँडै टुंगो लाग्छ, अव एकतामा कुनै बाधा ब्यवधान छैन,’ बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको भनाई थियो ।
वैशाख ९ गते एमाले र माओवादी एकीकरण हुने सहमति भएकाले त्यसअघि एमालेले पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठकबाट पार्टी एकता अनुमोदन गर्न लागेको हो । सोही बैठक नै एमालेको अन्तिम हुनेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’