ओल्ड दरबार ब्लाक चिम्नि रक्सीमा अखाद्य वस्तु फेला

झापा । पछिल्लो समय बजारमा आएको ओल्ड दरबार ब्लाक चिम्नि नामक रक्सीमा अखाद्यवस्तु मिसावट गरि बजारमा बिक्रीवितरण हुदै आएको फेला परेको छ । यति डिस्ट्रीलरी प्राली चितवनवाट उत्पादित अखाद्यवस्तु मिसाएको रक्सीको वोतल झापामा फेला परेको हो ।

केहिदिन अघि झापाको विर्तामोड बजारको कुनै एक पसलवाट खरिद गरिएको रक्सी प्रयोग गर्ने क्रममा बोतलभित्र छोक्रा छोक्रासहित लेदो वस्तु फेला परेको थियो । अखाद्य वस्तु फेला परेपछि उपभोक्ताले पसलमा फिर्ता दिएका थिए ।

बोतलमा अखाद्यवस्तु राखेर बजारमा पठाइनु उद्योगको लापर्वाही भएको उपभोक्ताले आरोप लगाएका छन् । यस प्रकारका अखाद्यवस्तु हालेर बजार पठाउनु उपभोक्तामाथि उद्योगले खेलवाड गरेको उनले जनाए । बजारमा भोली पसल बदनाम हुने भएकोले नाम नलेखीदिन बिक्रेताले अनुरोध गरेका छन् । साढे ७ सय एमएलमा उत्पादन भएको रक्सीको बजार मूल्य २६ सय ४५ लेखिएको छ ।

बजारमा अहिले सम्म त्यस्तो अखाद्य वस्तु फेला नपरेको पूर्वाञ्चल प्रमुख विमल श्रेष्ठले दाबी गरे । बोतल उपलब्ध गराउन अनुरोध गर्दै रक्सीलाइ परिक्षणको लागि प्रयोगशाला पठाइने श्रेष्ठको भनाइ छ । परिक्षणको आधारमा मात्र थप कुरा भन्न मिल्ने उनले बताए । न्युज अफ नेपालबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’