यस्तो छ मुख्यमन्त्रीको तलब र सेवासुविधा

काठमाडौं /सातवटै प्रदेशका मुख्यमन्त्रीलाई राज्यद्वारा दिइने विभिन्न सुविधासहित मासिक तलब ६० हजार नौ सय रुपैयाँ तोकिएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मंगलबार तयार गरी पठाएको नमुना कानुन मस्यौदामा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्रीको सेवासुविधा तोकेर पठाएको हो। कानुनअनुसार प्रदशेका मन्त्रीको मासिक तलब ५२ हजार, राज्यमन्त्रीको ४९ हजार, सहायक मन्त्रीको ४७ हजार रुपैयाँ तोकिएको छ। प्रदेश सरकार बनेको दुई महिनापछि केन्द्र सरकारले सातवटै प्रदेशका मुख्यमन्त्रीको सेवासुविधा र पारिश्रमिक तोकेर नमुना कानुन पठाएको हो। कानुन मन्त्रालयले पठाएको नमुना कानुन प्रदेशका सांसदले सभामा छलफल गरी थपघट गर्न सक्नेछन्।

नमुना कानुनलाई प्रदेशसभाले पारित गरी कानुनको रूपमा कार्यान्वयन गर्न सक्नेछ। मुख्यमन्त्रीदेखि सहायकमन्त्रीसम्मलाई आवास सुविधा, फर्निचर, सवारीसाधन, इन्धन, सञ्चार सुविधा, धारा, बिजुली, दैनिक भ्रमण भत्ता, अतिथि सत्कारलगायत विषयमा रकम छुट्याइएको छ। सातै प्रदेशका मुख्यमन्त्रीलाई एकएक वटा मोटरको व्यवस्था कानुनमा गरिएको छ। आवास सुविधा मासिक १२ हजार रुपैयाँ, फर्निचरका लागि मासिक १५ हजार, इन्धन १५० लिटर र सञ्चार सुविधाका लागि मासिक दुई हजार रुपैयाँ तोकिएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी