प्रधानमन्त्रीलाई नै जनअदालतमा उपस्थित हुन उर्दी गरेपछि तीव्र रुपमा विप्लव खोज्दै प्रहरी
प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न खोजी तिब्र पाएको छ
प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललगायत शीर्ष नेतालाई जनअदालतमा उपस्थित हुन उर्दी गरेलगत्तै प्रहरीले उनको खोजी तिब्र पारेको खबर आजको नागरिक दैनिकले छापेको छ।
एक महिना पहिले जिल्ला अदालत भोजपुरले विप्लव विरुद्ध ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्धामा म्यादपुर्जी जारी गरेको थियो भने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विप्लबलाई पक्राउ गर्न मातहतका निकायलाई आदेश दिएको थियो।
तर पछिल्लो समय विप्लवले आफ्ना गतिविधिलाई तीव्रता दिन थालेपछि प्रहरीले देशभरी नै उनको खोजी तिब्र बनाएको हो।
प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले विप्लवविरुद्ध अदालतले आदेश दिएकाले उनलाई प्रहरीले जहाँसुकैबाट पनि पक्राउ गर्न सक्ने बताए।