भूकम्पले भवन भत्केपछि पर्वतको आम्बारी माबिका विद्यार्थी खुला आकाशमुनी अध्ययन गर्न बाध्य

पर्वत । भूकम्पमा क्षतिग्रस्त भवन अझै पुनर्निर्माण नहुँदा पर्वतको विहादी गाउँपालिका–२ स्थित आम्बारी माध्यमिक विद्यालयका विद्यार्थी खुला आकाशमुनी अध्ययन गरिरहेका छन् ।

विद्यालयको भवन २०७२ सालको भूकम्पले भत्काएको थियो । तर, तीन बर्ष बित्न लाग्दा पनि भवन पुनर्निर्माण नभएपछि आम्बारी माविमा ३ सय ४० विद्यार्थीको अध्ययन प्रभावित भएको हो । भवन भत्किएपछि कक्षा २, ३, ५, ७ र ८ का विद्यार्थीलाई बढी मारमा परेका हुन् ।

स्थानीय सरकार बनेपछि भवन पुनर्निर्माणमा सहयोग मिल्ने विद्यालयको अपेक्षा थियो । तर, जनप्रतिनिधिले चासो दिएका छैनन् । वडा अध्यक्ष भने भवन निर्माणका सामुहिक पहल गरिने बताउनु हुन्छ ।

विद्यालयसँग आन्तरिक स्रोत नहुनु र सम्बन्धित निकायले समेत चासो नदेखाउनुले भवन निर्माण हुन नसकेको प्रधानाध्यापक बताउछन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’