तत्कालै जिल्ला शिक्षा कार्यालय खारेज नगरिने

काठमाडौ/ मन्त्रीपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अनुमोदन गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीले आउँदो शुक्रबारदेखि गर्ने भारत भ्रमण अनुमोदन गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद बैठकले चैत २८ गतेबाट विघटन गरिने भनिएको जिल्ला शिक्षा कार्यालयहरु असार मसान्तसम्म यथावत रहने निर्णय गरेको छ । विद्यालयहरुमा परीक्षा सञ्चालन भइरहेकोले चैत २८ गतेबाट जिल्ला शिक्षा कार्यालय खारेज नगरिने भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा चैत २८ गतेभित्र जिल्ला शिक्षा कार्यालयहरू स्थानीय सरकारमा हस्तान्तरण हुने व्यवस्था भएपछि देशभरका जिल्ला शिक्षा कार्यालय खारेज हुने भएका थिए । मन्त्रिपरिषद बैठकले एसियाली विकास बैकले दिने १० अर्ब अनुदान रकम स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’