निर्दयी काकाले गरे बञ्चरोले हानेर दाजुका दुई नाबालक छोराको हत्या

रोल्पा/त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ ।

त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई बञ्चरो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ ।

हत्या सोही ठाउँ बस्ने २१ वर्षीय खड्कबहादुर विकले गरेको प्रहरीले बताएको छ । नाबालकको हत्यापछि फरार रहेका विकको प्रहरीले खोजी गरी हिजै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।

मृतक नाबालक हत्या आरोपी विकका दाजुका छोराछोरी भएको बताइएको छ । दाजुसँग पटकपटक झगडा गरिरहने हत्या आरोपी विकले केही दिन अघि समेत झगडा गरेको बताइएको छ । आरोपी विकले गाउँघरमा समेत झैझगडा गरिरहने गरेको छिमेकीले बताएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’