अदालतले दियो एमालेका अध्यक्षको पक्षमा फैसला , बिहादीका कुवँरले जिते मुद्दा
पर्वत /मत परिणाम बदर गर्न दिएको एक मुद्दामा उच्च अदालत पोखरा, बागलुङ्ग इजलासले नेकपा(एमाले)बाट निर्वाचित भएका वडा अध्यक्षको पक्षमा फैसला गरेको छ ।
पर्वतको बिहादी गाउँपालिका वडा नं २ बर्रार्चारमा गत स्थानिय निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएका ओमबहादुर कुवँरले मतगणनामा धाँधली नगरेको भन्दै उच्च अदालत पोखरा, बागलुङ्ग इजलासले रिट निवेदकको माग दाबी नपुग्ने फैसला गरेको हो ।
अध्यक्ष कुवँरले मतगणनामा धाँधली गरेको भन्दै निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसबाट वडा अध्यक्षका उमेदवार गोबिन्दप्रसाद पाध्याले उच्च अदालतमा रिट दिएका थिए । उच्च अदालत पोखरा, बागलुङ्ग इजलासका न्यायधीश हरिप्रसाद पौडेलको एकल इजलासले फिराददाबी खारेज गर्ने फैसला गरेको हो । निवेदक उपाध्यायले मतपेटिका झिकाई, कामकाज रोक्न अन्तरिम आदेश समेत माग गरेका थिए । अदालतले अन्तरिम आदेश दिएको थिएन भने मतपत्र भने झिकाएको थियो ।
उक्त निर्वाचनमा एमालेबाट निर्वाचित भएका वडा अध्यक्ष ओमबहादुर कुवँरले ४ सय ७ मत पाएका थिए भने नेपाली कांग्रेसबाट उमेदवार रहेका गोबिन्दप्रसाद उपाध्यायले ४ सय १ मत पाएका थिए । अदालतले आफ्नो पक्षमा फैसला गरेपछि वडा अध्यक्ष कुवँरले आफुँले अदालतबाट न्याय पाएको प्रतिक्रिया दिए ।