पोखरा महानगरपालिकामा फेसबुक प्रतिबन्ध, चलाए कारबाही

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ । कार्यालय समयमा फेसबुकलगायत सामाजिक सञ्जालमा भुलेर सेवा प्रवाहमा समस्या परेको भन्दै महानगरले कर्मचारीलाई फेसबुकमा प्रतिबन्ध लगाएको हो ।

मोबाइल, ल्यापटप र डेस्कपटमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि मेयर मानबहादुर जिसीको निर्देशनमा फेसबुक बन्द गरिएको हो । ‘कार्यालय समयमा काम गर्ने हो, फेसबुक चलाएर बस्ने होइन,’ मेयर जिसीले भने, ‘फेसबुकले सेवा प्रवाहमै समस्या नपारोस् भनेर बन्द गराएका हौं ।’

बिहान सवा १० बजेदेखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए ।

उनका अनुसार आइतबारबाट नै समयमा फेसबुक नचल्ने बनाइएको छ । कार्यालय समयमा फेसबुक चलाएको पाइए कर्मचारीलाई कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।

व्यक्तिसँग भएको निजी मोबाइल डाटाबाट फेसबुक चल्न सक्ने भएकाले, तोकिएको सयममा कर्मचारीले फेसबुक चलाएको पाइए तत्काल कारबाही गरिने मेयर मानबहादुर जिसीले बताए । इन्टरनेटको राउटरमै फेसबुक ब्लक गरिएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी