प्रदेश नं ४ मा पाँच बर्षमा पच्चीस लाख पर्यटक भित्र्याउने मन्त्री लम्सालको दाबी


पर्वत /पर्यटकीय संभावना उच्च रहेको प्रदेश नं ४ मा पाँच बर्षको अवधीमा २५ लाख पर्यटक भित्र्याउने प्रदेश सरकारले लक्ष्य राखेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले बताएका छन ।
मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला पर्वत आएका लम्सालले पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा पाँच बर्षमा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य सहित काम शुरु गरेको बताएका हुन ।
मुलुकका अन्य प्रदेशको तुलनामा पर्यटकीय संभाबना बढी भएकोले यो प्रदेशमा सबैभन्दा पर्यटक भित्र्याएर आर्थिक सम्बृद्धि हासिल गर्न २५ लाख पर्यटक भित्र्याउने उनको दाबी छ । ‘हामीले २५ लाख पर्यटक भित्र्याउने लक्ष्य सहित योजना र कार्यक्रम बनाउँदै छौ’ उनले भने ‘प्रदेश नं ४ मा पाँच बर्षमा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य सजिलै पुरा गर्न सकिन्छ’
पर्यटकीय नगरी पोखरा, प्रसिद्ध अन्नपुर्ण पदमार्ग, मुक्तिनाथ मन्दिर, मुस्ताङ्ग मनाङ्ग देखि जलयात्रा, प्याराग्लाईडिङ्ग लगायत पर्यटकीय क्षेत्र यो प्रदेशमा पर्दछन । यी ठाउँमा पुर्वाधार र लगानीको वातावरण बनाई पर्यटक भित्र्याउने मुल लक्ष्य प्रदेश सरकारको रहेको उनले सुनाए । त्यसका लागि पोखरामा निर्माण भैरहेको क्षेत्रिय बिमानस्थलको निर्माण कार्य ३ बर्ष भित्रमा पुरा गरिने छ । आउने पर्यटकहरुलाई ठुला होटलमा मात्रै नभई ग्रामिण बस्ती सम्म पु¥याउन ३ सय भन्दा बढी होमस्टे समेत निर्माण गरिने मन्त्री लम्सालले बताए । पोखरामा नै १० हजार जनाले एकैपटक सहभागिता जनाउन सक्ने गरि सेमिनार हल बनाउने र उनीहरुलाई छिमेकी शहरमा घुम्ने ब्यबस्था मिलाउने योजना पनि रहेको लम्सालको भनाई छ। ‘अहिले सम्म पर्यटन निती नै नभएको पाइएकोले पर्यटन निती र गुरुयोजना सहित हामीले पर्यटकीय प्रदेशको रुपमा बिकास गछौ’ उनले भने ।
यस क्षेत्रका खानीको उत्खनन, जलबिद्युतको हबको रुपमा बिकास गर्ने, उद्योग ब्यबसायमैत्री निती र कार्यक्रम ल्याउने र सम्बृद्ध प्रदेश बनाउने पनि लम्सालले बताए ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले कुस्माबजारमा खेलमैदान बनाउने, कुस्मा र कैंया बेलीब्रिज बनाउने, कोल्डस्टोर निर्माण गर्ने, कालीगण्डकी करिडोरको निर्माण कार्य समयमा पुरा गर्न मन्त्री लम्साललाई आग्रह गरे । पर्वत उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष हरिओम शर्मा लामिछानेले कालीगण्डकी करिडोरलाई खरेहा जोड्न माग गरे । कार्यक्रमको सञ्चालन निर्वतमान महासचिब ठाकुरबि पौडेलले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’