मन्त्री लम्सालको यसरी गरियो गृह जिल्ला पर्वतमा स्वागत
पर्वत /प्रदेश नं. ४ का उधोग,पर्यटन,वन तथा वातावरण मन्त्री बिकास लम्साललाई पर्वतका बिभिन्न स्थानमा स्वागत र सम्मान गरिएको छ ।
प्रदेशमा मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला पर्वतमा आएका लम्साललाई पातीचौर र कुस्माबजारमा बिभिन्न संघसंस्थाले स्वागत र सम्मान गरेका हुन ।
मन्त्री लम्साललाई मोदीगाउँपालिकाले पातीचौरमा स्वागत गरेको छ भने पर्वत उद्योग बाणिज्य संघ, जिल्ला समन्वय समिति पर्वत र नेकपा(एमाले) पर्वतले सम्मान र स्वागत गरेका छन ।
जिल्ला समन्वय समिति पर्वतले कार्यक्रमको आयोजना गरेरै सम्मान गरेको छ । जिल्ला समन्वय समितीका संयोजक मनोहर िवि.पौडेल, प्रमुख जिल्ला अधिकारी राजेश पन्थी लगायत कार्यालय प्रमुख,सुरक्षा निकायका प्रमुख र निजामति कर्मचारीले स्वागत र सम्मान गरेका थिए भने पातीचौरमा मोदी गाउँपालिकाका कार्यबहाक अध्यक्ष बिमल लामिछाने लगायतका स्थानीयले स्वागत गरेका थिए । पर्वत उद्योग बाणिज्य संघमा अध्यक्ष केदारनाथ शर्माले दोसल्ला ओढाएर सम्मान गरे भने उद्योगी ब्यबसायीले पनि सम्मान गरेका थिए ।
पर्वत जिल्लाले प्रदेशमा महत्वपुर्ण मन्त्रालय पाएकोले मन्त्री लम्सालको कार्यकालमा पर्वतको पुर्बाधार, पर्यटन, उद्योग, वन र वातावरणको क्षेत्रमा ठुलो परिर्वतन आउने अपेक्षा ब्यक्त गरेका थिए । यसअघि प्रतिनिधीसभामा सदस्य समेत रही सकेका लम्सालले कालीगण्डकी लोकमार्ग निर्माण, पर्वतका ग्रामिण सडकको स्तरउन्नती लगायतका क्षेत्रमा महत्वपुर्ण कामको अगुवाई गरेका थिए ।
स्वागत कार्यक्रमहरुमा बोल्दै मन्त्री लम्सालले अवसरमा लम्सालले आफुले महत्वपुर्ण मन्त्रालय सम्हालेको बताउदै उधोग,पर्यटनमार्फत् समृद्धिको ढोकाखुल्ने बताए । लम्सालले उधोग र पर्यटन क्षेत्रको विकास विनामुलुक समृद्ध हुन नसक्ने धारणा राख्दै उधोग,पर्यटनको माध्यमबाट प्रदेश ४ लाई समृद्ध प्रदेश बनाउने प्रतिबद्धता जनाए ।