कसको हो प्रहरीले समातेको ८८ किलो सुन ? तस्करीलाई सघाउने को हो पावरवाला?

Sun-Taskari-KTM-,,काठमाडौं/ प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । सोमवार विहान २ बजे प्रहरीले क्षेत्रपाटीबाट सो परिणाममा सुन बरामद गरेको हो । टाटा सफारी गाडिमा बोकर ल्याइएको सुन प्रहरीले समाएको हो ।

प्रहरीले सुनसहित गाडि चालक मकवानपुरका मनोज अधिकारीलाई पक्राउ गरेको छ । सोमवारसम्ममा तस्करीको सुन काठमाडौंमा आउने सूचना प्रहरीले पहिल्यै पाएको थियो । महानगरीय प्रहरी आयुक्तको कार्यालय र प्रहरीको अपराध अनुसन्धान महाशाखामा उक्त सुनको जानकारी आएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले उज्यालो नहुँदै क्षेत्रपाटीबाट सुन समाएको हो । महाशाखाका एसएसपी विवेश लोहनीले उक्त विषयमा थप अनुसन्धान हुन बाँकी रहेको बताए ।

प्रहरी उच्च स्रोतका अनुसार यति ठूलो परिमाणको सुन थुप्रै कनेक्सनहरुबाट काठमाडौं आएको हाे । ‘सुन तस्करीमा एक जना चिनियाँ नागरिक पनि संलग्न रहेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘एक दुई जना मात्रै मिलेर यति धेरै सुन ल्याउन सकिँदैन । नेपालकै पनि हाइप्रोफालहरुको संलग्नता रहेको पनि हुन सक्छ ।’

सुन चीनबाट काठमाडौं आएको हो । सुनले चीनबाट नेपाल छिर्ने मुख्य नाका केरुङ मात्रै होइन अरु थुप्रै चेकपोष्टहरु पनि पार गर्दै आएको छ । त्यसैले सुन तस्करीमा ‘पावरवाला’ सरकारी अड्डाकै अधिकारीहरुको पनि मिलेमतो देखिन्छ ।

प्रहरीका अनुसार प्रक्राउ परेका चालकले अहिले प्रहरीलाई अनुसन्धानमा पूर्ण रुपमा असहयोग गरेका छन् । उनले कुनै पनि कुराहरु खोल्न चाहेका छैनन् । ‘उसले हामीहरुलाई अनुसन्धानमा सहयोग गरेको छैन,’ अपराध महाशाखाका एसएसपी लोहोनीले भने, ‘अब हामी लामो अनुसन्धान गरेर उनीहरुलाई संगठित अपराधकै मुद्दा चलाउँछौं ।’

प्रहरीले बा १७ च ६४२७ नम्बरको गाडिलाई सुनसहित पक्राउ गरेको हो । तल्लो तहका प्रहरी कर्मचारी र ट्राफिकबाट सजिलै छलिनका लागि गाडिमा ‘भिआइपी संकेत’ समेत राखिएको थियो ।

तर प्रहरीले विशेष सूचनाको आधारमा झण्डै पचास करोड मुल्यको ८८ किलो सून र झण्डै ५० लाख रुपैयाँको गाडी बरामद गरेको हो ।

प्रहरीले सुन तस्करीको पहिलो निगरानी काठमाडौंका सून व्यापारीलाई बनाएको छ । काठमाडौंमा ल्याएको सुन बजारमा पठाउनको लागि सुन व्यापारीहरुको मुख्य हात हुने भएकाले तस्करीमा व्यापारीहरु पनि संलग्न रहेको लख प्रहरीले काटेको छ ।

यति ठूलो परिमाणमा पहिलो पटक सुन समातिएको हो । यो भन्दा अघि प्रहरीकै केन्द्रीय अनुसन्धान ब्यूरोले साढे ठूलो परिमाणमा ३३ किलो सुन बरामद गरेको थियो । उक्त सुन तस्करीमा पनि काठमाडौंका सुन व्यापारीहरुको संलग्नता रहेको देखिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’