हाउसफुल ए मेरो हजुर–२

काठमाडौं/नेपालमा सिक्वेल (शृंखला) चलचित्र त्यति धेरै सफल भएको इतिहास छैन । तर चलचित्र ‘ए मेरो हजुर’को सिक्वेल ‘ए मेरो हजुर–२’ ले राजधानी र मोफसलका सिनेमा हलमा यतिबेला राम्रो व्यापार गरेको छ ।

यो चलचित्र देशव्यापी प्रदर्शनीमा आएको हो । ए मेरो हजुरकी अभिनेत्री एवं निर्माता झरना थापाले सो चलचित्रका अभिनेता श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीको सम्झनामा चलचित्र ‘ए मेरो हजुर–२’ निर्देशन निर्माण गरेकी थिइन् ।ए मेरो हजुरले हासिल गरेको सफलता जस्तै ए मेरो हजुर–२ ले पनि यतिबेला राम्रो व्यापार गरेको छ ।

यो चलचित्र मुलुकका ६ दर्जनभन्दा बढी सिनेमा हलमा शुक्रबारबाट प्रदर्शनीमा आएको छ । शनिबार यो चलचित्र मुलुकका बहुसंख्यक सिनेमा हलमा हाउसफुल भएको छ । काठमाडौंका सिंगल हलदेखि मल्टिप्लेक्ससम्म यो फिल्म शनिबार हाउसफुल भएको छ ।

गोपीकृष्ण मुभिजका प्रबन्धक तीर्थ पौडेलका अनुसार गोपीकृष्णसहित शनिबार त्यहाँ चारवटा सिनेमा हल हाउसफुल भएका छन् ।यस्तै त्रिरन्त मानन्धरका अनुसार अष्टनारायण हलमा पनि शुक्रबार, शनिबार ए मेरो हजुर–२ हेर्न पाउनेको भीड उत्साहजनक रह्यो । कलंकी हलका सञ्चालक एवं चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकालले पनि आफ्नो हल शनिबार हाउसफुल भएको बताए ।

बागबाजरस्थित सीटीम्याक्स सिनेमाका सञ्चालक उपेन्द्र खड्गीले पनि सो सिनेमा हलमा शनिबार ए मेरो हजुर–२ हाउसफुल भएको बताए । काठमाडौंको क्युएफएक्स, बिग, क्युजलगायत मल्टिप्लेक्समा पनि ए मेरो हजुर–२ ले राम्रो व्यापार गरेको छ ।

झरना थापा यही चलचित्रबाट निर्देशनमा उत्रिएकी हुन् । उनको निर्देशन कार्यको यतिबेला दर्शकबाट प्रशंसित भएको छ । यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।यही चलचित्रबाट सलिनमान बानियाँ अभिनेताको रूपमा नेपाली चलचित्र वृत्तमा उदाएका छन् । तन्नेरी पुस्ताको प्रेमकथामा आधारित यो चलचित्रमा सलिन र साम्राज्ञ राज्यलक्ष्मी शाहको जोडीलाई  रुचाइएको छ । यी दुईबाहेक सलोन बस्नेत, बुद्धि तामाङलगायतको अभियन यसमा छ । सामिप्यराज तिमिल्सेनाले लेखेको यो चलचित्रलाई सञ्जय लामाले खिचेका हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’