मुना थापा र लेखनाथ रिमालले यसरी पोखे घर फर्कन नसक्नुको पिडा

Screenshot (12)पर्वत /तीजलाई बिदा गरेपछि हाम्रो घर आँगनमा दशैं र तिहार जस्ता चाडबाडले पाईला राखि सकेका छन । दशैं तिहारमा परदेशमा भएपनि घर फर्कने चाहना सबैजसोको हुन्छ तर साहुको ऋणको भारले गर्दा चाहेर पनि फर्कन नसकेको पिडालाई गीत मार्फत बजारमा ल्याएका सुमधुर स्वरकी धनी मुना थापा र लेखनाथ रिमालले । बिहे गरेपछि बिदेश गैहाल्नु पर्ने आम नेपाली युवाको अवस्था र चाडबाडमा नचाहेर पनि छुटिएर बस्नु पर्दाको पिडा गीतमा ब्यक्त भएको छ । गउको तीजमा रोमान्टिक तीज गीत बजारमा ल्याएर चर्चा कमाएका रिमालले यसपटक आफ्नो जन्मभूमि आर्थर डाडाँखर्कलाई समेत गीतबाट चिनाउने प्रयास गरेका छन । गीतको भिडीयो समेत सार्वजनिक भएको छ । गीतमा लय र शब्द रिमालको नै छ भने पबिता म्युजिक प्रालिले बजारमा ल्याएको हो । रोजगारीका लागि खाडीमुलुकमा कार्यरत रिमालले आफ्नो भोगाईलाई पनि पनि समाबेश गरेका छन । बजारमा आएको छोटो समयमा नै गीतले श्रोता र दर्शकको मन जिति सकेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि